
काठमाडौं । व्यवस्थापिका संसदका ५९२ सांसदहरुलाई असोज २८ अर्थात् शनिबार बाटो खर्चसहित विदाइ गरिने भएको छ । २८ गते नै संसदको बिशेष बैठक राखेर उनीहरुलाई बिदाई गर्न लागिएको संसद सचिवालय स्रोतले जनाएको छ ।
असोज २९ गते समानुपातिकको बन्द सूचि बुझाउने भएपछि त्यसैलाई आधार मानेर हालका सांसदहरु शनिबार मध्यरातीबाटै भूतपूर्व हुने भएपछि उनीहरुलाई बाटो खर्च बापत थप एकमहिनाको तलव बराबरको रकम दिएर बिदाई गर्न लागिएको हो ।
संसदको शुक्रबार ३ बजेको बैठक अन्तिम भएपनि शनिबार विशेष बैठक बोलाइएको छ, जसले सांसदहरुलाई विधिवत बिदाई गर्ने तयारी गरिएको छ । परानो प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च दिएर विदाइ गर्ने चलन छ । सभामुख ओनसरी घर्तीले शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक बोलाएकी छन् ।