दाङ । नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा गठबन्धनदेखि पार्टी एकतासम्म गर्ने सहमति भएको भोलिपल्टै एमाले नेता शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् ।

दुई पार्टीबीचको ६ बुँदे सहमतिमा एकअर्काविरुद्ध नकारात्मक अभिव्यक्ति नदिने उल्लेख छ । तर एमालेका वरिष्ठ नेता तथा स्थायी समिति सदस्य पोखरेलले माओवादी केन्द्रको ४० प्रतिशत हैसियत नभएपनि एमालेले छाती ठूलो पारेर दिएको बताए ।

माओवादी केन्द्रका नेताहरुले दुई पार्टीबीच एकता हुन लागेको दाबी गरिरहँदा उनले माओवादी केन्द्र एमालेमा विलय हुन आएको बताएका छन् ।

चुनावी अभियानको क्रममा गृहजिल्ला दाङ पुगेको नेता पोखरेलले माओवादी केन्द्रसँग निर्वाचन जित्नका लागि अर्को विकल्प नभएकाले एमालेमा मिसिन आएको उनको भनाई थियो ।

बुधवार दाङको घोराहीमा छलफल चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले माओवादी केन्द्र आफ्नो सैद्धान्तिक तथा वैचारीक र व्यवहारीक मोर्चामा असफल भएपछि एकता प्रक्रियामा सहमत भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर