इएफएल कपमा चेल्सी र म्यानचेस्टर युनाइटेडको फराकिलो जित

इएफएल कपमा चेल्सी र म्यानचेस्टर युनाइटेडको फराकिलो जित

काठमाडौं । चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल र एभर्टन इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बर्टन एल्बियनलाई ४–१ ले हराउँदै जोसे मौरिन्होको म्यान्चेस्टर युनाइटेड चौथो चरणा पुगेको हो ।

युनाइटेडको जितमा मार्कस रासफोर्डले दुई तथा जेसी लिङ्गार्ड र एन्थोनी मार्सलले एक एक गोल गरे । बर्टन एल्बियनका लागि लर्ड डायरले एक गोल फर्काए ।

यस्तै चेल्सीले नोटिङहम फरेस्टलाई ५–१ ले हरायो । चेल्सीको जितमा मिसी बात्सुवाईले ह्याट्रिक गरे भने केनेडी र चार्ली मुसोन्डाले एक एक गोल गरे । नोटिङहमका लागि टेन्डेयी डारिक्वाले एक गोल फर्काए ।

अर्को खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई २–१ ले हरायो । सिटीको जितमा दुवै गोल लिरोय सानेले गरे । वेष्ट ब्रोमका लागि क्लाउडियो याकोबले एक गोल फर्काए ।

अर्को खेलमा आर्सनलले डनकास्टर रोभर्सलाई १–० ले हरायो । आर्सनलको जितमा थियो वालकोटले गोलको गोल नै निर्णायक बन्यो । एर्भटनले सन्डरल्याण्डलाई ३–० ले हरायो । एभर्टनको जितमा काल्भर्ट लिविनले दुई तथा ओमार निसारले एक गोल गरे ।