काठमाडौं । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको क्रान्तिकारी उपयोगको तयारीमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाले चुनावी अभियानलाई तिव्र पारेको छ ।

स्थानीय तह निर्वाचनमार्फत संगठन सदृढिकरण गर्दै नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न लागिरहेको मोर्चाले चुनावी अभियानका क्रममा तराईका ८ जिल्लाका विभिन्न स्थानीय निकायमा भेटघाट, कोणसभा, वर्तमान पश्चगामी संविधानको भण्डाफोरजस्ता कार्यक्रम जारी राखेको हो ।

हार्दिक शुभकामना !

सोही क्रममा मोर्चाले महोत्तरीको बर्दिबासमा २६ गते कोणसभाको आयोजना गरेको थियो भने त्यसपछि जनतासँगको भेटघाट कार्यक्रमलाई तिव्रता दिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा कार्यालय सचिव हरिकृष्ण गजुरेलले जानकारी दिए ।
सो कार्यक्रममा मेयरका उम्मेदवार प्रेम भुजेल, उपमेयरका उम्मेदवार नन्दलाल विकसहित सबै उम्मेदवार ठूलो संख्यामा जनताको सहभागिता रहेको थियो ।

यसैगरी चुनावी अभियानका क्रममा देजमोले सर्लाहीको हरिवनमा पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा देजमोका कार्यालय सचिव गजुरेलले मेयरका उम्मेदवार बलराम न्यौपाने र उपमेयर डुबवाङ लामालगायतलाई खादा र अबिर लगाएर विजयको शुभकामना दिएका थिए ।

तराईका ८ वटै जिल्लामा चुनावी अभियानलाई मोर्चाले तिव्र बनाएको छ ।
उता सिरहामा पनि मोर्चाले चुनावी प्रचार तथा भण्डाफोर कार्यक्रम जारी राखेको छ ।
सिरहाको गोलबजारमा मोर्चाले क्रान्तिकारी माआवादीका केन्द्रीय सचिवालय सदस्य कृष्णदेव सिंह दनुवार, अर्का सचिवालय सदस्य तथा देजमोका २ नम्बर प्रदेश संयोजक कमल चौधरी, कार्यालय सचिव हरिकृष्ण गजुरेललगायतको उपस्थिति रहेको थियो । सो स्थानीय तहमा देजमोका तर्फबाट शम्भु साह उपमेयरका उम्मेदवार रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर