लिवाङ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घर गएका उनलाई अज्ञात समूहले अपहरण गरेको बताइएको छ ।

माओवादी केन्द्रका स्थानीय नेता समेत रहेका घर्तीको सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गर्दै घर्तीको खोजी कार्य जारी रहेको जनाएको छ ।

हार्दिक शुभकामना !

शनिबार आयोजित थवाङमा गाउँसभा उद्घाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले, कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा लगायत दलको गठबन्धनलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर