१. विज्ञान आफैमा यस विषयका कारण हरेक चेतनशील ब्यक्तिहरुले त्यसलाई सहजै मान्दछन्, किनकि त्यो तर्कमा मात्र होइन तथ्यमा आधारित छ । माक्र्सवाद आफैमा वैज्ञानिक विचार हो । यतिवेला माक्र्सवादले आफुलाई प्रयोग गर्‍यो र त्यसको विकास ग¥यो र आज सर्वहारा वर्गका अगाडी माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिक विचार छ । जसले मालेमावादको वैज्ञानिक विचारलाई साँच्चिकै आत्मसाथ गर्छ र इमान्दारिताका साथ प्रयोगमा लैजान्छ वास्तवमा त्यसले मालेमावादलाई अझै विकास गर्दछ ।

कसैले आफ्नो निहित स्वार्थपूर्ति वा महत्वाकांक्षाका आधारमा मालेमावाद अपुरो थियो भनेर ब्याख्या गर्छ र कसैले आफ्नो अपुरो अध्ययनका आधारमा त्यसैलाई समग्र ठान्छ भने त्यो उसको कमजोरी हो । अर्धबुझाई वा निहित स्वार्थका खातिर गरिने ब्याख्याले सर्वहारा वर्गका वर्तमान कार्यभार पूरा हुन सक्क्तैनन् । त्यसैले सर्वहारा वर्गका सच्चा प्रतिनिधीहरु इमान्दार भएर मात्र पुग्दैन उच्च चेतना, क्षमता, इच्छा शक्ति र अहिलेको आवश्यकता पुरा गर्न सक्ने मनोवल पनि चाहिन्छ । यतिबेला विश्व साम्राज्यवादी शक्ति मात्र होइन मन्द विषका रुपमा उदाएको संशोधनवाद, नवसंशोधनवाद र वितण्डतावादको एकसाथ सर्वहारावर्गको अजय हतियार मालेमावादलाई कमजोर बनाउन कम्मर कसेर लागी परेका छन् ।

हार्दिक शुभकामना !

कसैले माक्र्सवादको मात्र कुरा गरेर, कसैले माक्र्सवाद–लेनिनवादको कुरा गरेर, कसैले माक्र्सवाद–लेनिनवाद–माओविचारको कुरा गरेर त कसैले मालेमावादकै कुरा गरेर यतिबेलाको सर्वहारा क्रान्तिको वैज्ञानिक विचारलाई खण्डीत गर्ने सर्वहारा वर्गमा भ्रम पार्ने र क्रान्तिलाई कमजोर बनाउने हर्कतहरु भैराखेका छन् । यसमा र्सवहारा वर्गका सच्चा प्रतिनिधिहर सतर्क रहन सक्नु पर्दछ ।

आफु भित्र रहेका सबै प्रकारका संकिर्ण बेरा तोड्दै अग्रगामी चेतनाद्वारा वैचारिक एकरुपताका आधारमा भावनात्मक ढंगले समेत समृद्ध बनाउँदै नेपाली सर्वहारा वर्गको बाँकी कार्यभार पूरा गर्ने आँट र हिम्मत गर्नु आजको मुख्य आवश्यकता हो । मालेमावादको वैचारिक आधारलाई कमजोर बनाउने सबै प्रकारका विचलनका विरुद्ध संघर्ष गर्दै क्रान्तिको झण्डालाई दह्रोसँग पकड्ने र वर्ग संघर्षको भट्टीमा खारेर विकास गर्ने तर्फ जोड लगाउनु पर्दछ । 

२. सन् १८७१को पेरिस सर्वहारा वर्गको विद्रोहबाट शुरु भएको सर्वहारा वर्गको विद्रोहको लहर सन् १९४९को चिनियाँ सर्वहारा वर्गीय विद्रोहसम्म आईपुग्दा विश्वका सर्वहारा वर्गमा एउटा छुट्टै उत्साह र उमङ्ग छाएको कुरा सर्वविदितै छ । त्यसमा पनि रुस, चीन लगायत विश्वका दर्जनौ देशका सर्वहारा वर्गले चलाएका समाजवादी तथा जनवादी सत्ताको अभ्यासले सर्वहारावर्गलाई अत्यन्तै उत्साहतिर समान्तवर्ग तथा पूँजीपति वर्गलाई निरुत्साहित मात्र होइन, हत्तोत्साहित र आतंकित बनेका थिए । तर सामन्तवादी तथा पूँजीवादीहरु त्यत्तिकै सिमित रहेनन् ।

बरु आफ्नो गुमेको सत्ता फर्काउन र सर्वहारा वर्गीय क्रान्ति अगाडी बढ्न नदिन सर्वहार वर्गीय आन्दोलन भित्र घुसेका अवसरवादी तत्वलाई उपयोग गर्न पुगे । जसले गर्दा विश्वमा सान्दार तवरबाट संचालनमा आएका राज्य सत्ता हारमा बदलिए । पछिल्लो पटक १९७६मा माओको मृत्यु पश्चात चिनियाँ समाजवादी सत्ताले हा¥यो । त्यो हार बाहिरबाट कुनै दुश्मनले आक्रमण गरेर नभै सर्वहारा वर्गको पार्टी भित्र, सत्ताभित्र बसेका अवसरवादी, दक्षिणपन्थी संशोधनवादी गद्दारहरुका कारण हारेका हो भन्ने कुरा स्पष्ट नै छ । तर आज आएर हेर्दा त्यसपछिका दिनहरुमा मुख्यत दक्षिणपन्थी संशोधनवादको घुसपैठले सर्वहारा वर्गको क्रान्तिलाई अगाडी बढ्नै नदिने यदी भैहालेमा त्यसलाई सम्झौतामा लगेर समाप्त बनाउने काम हुँदै आएका छन् ।

२००६ सालमा कम्युनिष्ट पार्टीको गठन भए देखि आजसम्मको नेपालको सर्वहारा वर्गीय आन्दोलनलाई नियाल्दा हामीले त्यही पाउँछौं । मनमोहन, केशरजङ्ग, तुलसीलाल, मदन भण्डारी देखि जीवितै रहेका प्रचण्डसम्मका पात्रहरुको इतिहासलाई हेर्दा कम्युनिष्ट पार्टीको उच्च तहमा पुगेर मालेमावादका आधारभूत सिद्धान्तलाई अपब्याख्या गर्ने, धरातल बदल्ने र वर्गसंघर्षलाई वर्ग समन्वयमा बदल्ने, वर्ग दुश्मनका अगाडि घुँडा टेकेर वर्गको घाँटी निमोठ्ने काम गर्दै आएका छन् ।

मनमाहेन, केशरजंग, तुलसीलाल देखि मदन भण्डारी सम्मको नेताहरुले सुधावादी, दक्षिणपन्थी संशोधनवादी धारणा अगाडी सारेर सामन्तवादका अगाडी घुँडा टेकेर मालेमावादका आधारभूत सिद्धान्तका खिलाफमा गएका थिए । तर प्रचण्ड दश वर्ष वर्ग संघर्षको मुख्य भूमिकामा रहेर आज मालेमावादको साइनवोर्ड झुण्ड्याएर माओवादीका नाममा साम्राज्यवाद र विस्तारवादको दलाली गर्न पुगका छन् ।

दशौ हजार महान शहिद हजारौं बेपत्ता योद्धा र हजारौं घाइतेहरुको त्याग, वीरता र बलिदानको खिल्ली उडाएर रमाई रहेका छन् । सर्वहारा क्रािन्तको नजरबाट हेर्दा यो अत्यन्तै डरलाग्दो तस्वीर हो । नेपाली सर्वहारा वर्गमात्र होइन विश्व सर्वहारा वर्गका निमित्त समेत अत्यन्तै खतरनाक विषयवस्तु हो । सर्वहारा वर्गले यसको जमेर वैचारिक, राजनीतिक, सांगठनिक रुपमा संघर्ष गर्नुका साथै वर्ग संघर्षको भिषण लडाईका बीचबाट त्यसलाई चिर्न आवश्यक छ ।

३. दश वर्षको जनयुद्धलाई साम्राज्यवाद, विस्तारवाद र सामन्तवादको शुरुबाटै समाप्त गर्न चाहेका थिए । वर्षाैं वर्ष देखि प्रशिक्षण लिएर बसेका सेना र आधुनिक हात हतियारका बलमा वर्ग दुश्मनले समाप्त गर्न खोजेका थिए । तर मालेमावादको सार्वभौम वैज्ञानिक सिद्धान्तको जगमा उभिएर अगाडी बढेको वर्ग संघर्षलाई सर्वहारा वर्गले उत्पीडित समुदायले आफ्नौ वर्ग र समुदायको मुक्तिका खातिर भएको भन्ने कुरा दिलैदेखि स्वीकार गर्‍यो ।

खाडीको मुलुकमा गएर होइन आफ्नै देशमा रगत बगाएर सर्वहारा वर्गलाई सदाका निम्ति मुक्त गराउने नेपाली यूवाहरु तयार भए । जसले गर्दा वर्ग दुश्मनले तयार पारेका योजना मात्र होइन आधुनिक अतियार पनि कमजोर भए । बरु उच्च साहस, त्याग, वीरता र बलिदानको बीचबाट दुश्मनका आधुनिक हतियार सर्वहारा वर्गको हातमा अथवा सर्वहारा वर्गको पार्टीले गठन गरको जनमुक्ति सेनाको हातमा आयो । दुश्मनका सेनाको वर्षांैको फौजी ट्रेनिङ्ग पछी पर्‍यो ।

जनमुक्ति सेनाको बलमा स्थानीय रुपमा जनसत्ता र आधार ईलाका खडा भए । सर्वहारा वर्गको यो अद्वितिय पूँजी वास्तवमा विश्वका सर्वहारा वर्गले सर्वहारा वर्गले अध्ययन गर्न लायक छ र रहीरहने छ ।विडम्बना के छ भने सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको यति ठुलो घेराबन्दी र दमनले समाप्त बनाउन नसकेको जनमुक्ति सेना, आधार इलाका र स्थानीय सत्ता प्रचण्डको एउटा हस्ताक्षरले समाप्त गर्‍यो ।

रुस र चीनका सर्वहारा वर्गीय समाजवादी सत्ता जसरी शान्तिपूर्ण संक्रमणको एउटा एजेण्डाबाट सिध्याउन लगाएर विश्वका साम्राज्यवादी शक्तिहरुले माक्र्सवाद असफल भयो भनेर चिच्याएका थिए । त्यति नै नेपालको वर्ग संघर्ष समाप्त गरेकोमा ठुलो ठुलो स्वरमा प्रचण्डको जय जय कार गर्न भ्याए । नेपाली सर्वहारा वर्गका निमित्त यो अत्यन्तै दुर्भाग्य थियो । प्रचण्ड कति खतरनाक ब्यक्ति हुन भन्ने कुराको एउटा प्रमाण त त्यही काफी छ । जतिबेला वहाँले संविधानमा वर्ग संघर्ष वा जनयुद्धको एउटा पनि शब्द राख्न सकेनन् ।

आज भन्दै छन् यो संविधान हामीले बनायौं । बरु संविधान बन्नु अगाडि १६ बुँदे सम्झौतामा वहाँले संसदीय व्यवस्थालाई स्वीकार गर्छाैं भनेर हस्ताक्षर गर्नु भयो । साम्राज्यवाद, विस्तारवादको उक्साहतमा क्रान्तिकारी विचारलाई नेपालबाट समाप्त बनाउन, क्रान्तिकारी शक्तिलाई कमजोर बनाउन कहिले पदको लागि टेण्डर खुलाएर कहिले जागिरको लागि टेण्डर खुलाएर कहिले आश्वासनको टेण्डर खुलाएर त कतिपय बेला आर्थिकको पोको फुकाएर लागिरहेका छन् । त्यसैले यतिबेला चाहे झापाको वर्ग संघर्ष होस् चाहे दश वर्षको जनयुद्ध होस चाहे अन्य कतिपय बेला भएका वर्ग संघर्षहरु होउन, ती सबै ओनरशीप क्रान्तिकारीहरुले लिनु पर्दछ ।

वर्ग संघर्षको प्राप्त गरेका उपलब्धीको सकारात्मक तवरबाट गर्नु पर्दछ । बेपत्ता योद्धा र घाइते योद्धाहरुको विषयलाई लिएर संघर्ष उठाउनु पर्दछ । शहिद परिवार, बेपत्ता परिवारका दुःख र पीडाको सम्मान क्रान्तिकारी शक्तिले गर्न सक्नु पर्दछ । यो यतिबेला क्रान्तिकारीको दायित्व हो । वर्ग दुश्मनले त यसलाई सुन्न पनि चहाँदैन किनकी वर्ग संघर्ष नै उनीहरुका विरुद्ध परिलक्षित थियो ।

प्रचण्डहरु जसले मालेमावादका आधारभूत सिद्धान्तलाई छाडे, वर्ग संघर्षलाई छाडे, वर्ग बदले जसले गर्दा उनीहरु पनि त्यसका विरुद्ध उसैको क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने अठोट बोकेका क्रान्तिकारीहरु मुख्यतः क्रान्तिकारी माओवादीहरुले यसलाई सम्मान गर्नु नितान्त आवश्यक छ । किनकी विगतमा भएका सकारात्मक कार्यहरुको सम्मान नगरीकन बाँकी काम पुरा गर्छु भन्नु भनेको मात्र अबुझपना हो, मात्र क्रान्ति नगर्नु हो ।

नेकपा (क्रान्तिकारी माओवादी) भूलेर पनि त्यसो गर्न चाहँदैन, गर्नु हुँदैन । किनकी यहाँ न त संकिर्ण घेरा भित्रबाट रमाउनु छ न त उदारका नाममा सबैलाई छाडेर रमाउनु छ । छ त एउटा चिन्ता छ सर्वहारा वर्गको मुक्ति र समानताका खातिर एक पटक चर्काे वर्ग संघर्षको । दश वर्षको जनयुद्धको सम्मान गरौं । क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्ने अठोट गरौं । यही नै आजको आवश्यकता हो । 

प्रतिक्रिया

सम्बन्धित खवर