म्याग्दी । मुस्ताङको बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका उपप्रमुख वडा अध्यक्षबाट कुटिएका छन् ।

गाउँपालिकाका उपप्रमुख शिव गुरुङलाई सोही गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष तेन्जिङ गुरुङले मादकपदार्थ सेवन गरी कुटपिट गरेका हुन् ।

मादकपदार्थ सेवन गरेका वडाध्यक्ष गुरुङले सोमबार दिउँसो उपप्रमुखको कार्यकक्षमा गइ उपप्रमुखलाई हातपात गरी कुटपिट गरेका हुन् ।

आफूलाई आफ्नै कार्यकक्षमा कुटपिट गरेपछि प्रहरीमा उजुरी दिन आएका उपप्रमुख गुरुङलाई वडाध्यक्ष गुरुङका बुबा नोर्बु गुरुङले प्रहरी कार्यालयभित्रैसमेत कुटपिट गरेको बताइएको छ । नेर्बु गुरुङ नेपाली कांग्रेस मुस्ताङका कार्यबाहक अध्यक्षसमेत हुन् ।

खड्काले कुटपिटमा संलग्न गुरुङद्वयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर