काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले एक कार्यक्रमको आयोजना गरी आज सहिद रामवृक्ष यादव र दोरम्बाका सहिदहरुको सम्झना गर्दैछ । पार्टीको ३ नं. प्रदेशको आयोजनामा ललितपुरको कुपण्डोलमा उक्त कार्यक्रम गर्न लागिएको क्रान्तिकारी माओवादीको नं. पार्टी कार्यालयले जनाएको छ । दिनको १२ बजेबाट हुने उक्त कार्यक्रमलाई क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
क्रान्तिकारी माओवादीले हरेक वर्ष ३२ साउन, २०६० मा दोरम्बामा हत्या गरिएका २१ जना सहिदहरु र भदौं २, २०५१ मा हत्या गरिएका सहिद रामवृक्ष यादवको सम्झनामा २ भदौमा संयुक्त रुपमा जनयुद्धका ती महान सहिदहरुको सम्झना गर्दै आएको छ । नयाँ जनवादी क्रान्तिका लागि बलिदान गर्ने ती सहिदहरुमाथि क्रान्तिकारी माओवादीले ‘नयाँ जनवादी क्रान्ति’को कार्यक्रमलाई प्रमुख बनाएर सच्चा सम्मान गरिरहेको छ ।