एजेन्सी । चीनको उत्तर पूर्वी प्रान्त शाङ्सी प्रान्तमा सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
बिहीबार राति करिब साढे ११ बजेतिर ४९ जना यात्रु लिएर जादै गरेको बस बेइजिङ–कुनमिङ सडक खण्डको क्निलिङ सुरुङको मुखमा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रान्तीय अधिकारीहरुले जनाएका छन् ।
दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तको राजधानी चेङ्दुबाट हेनानको लुयोयाङ जादैं गरेको बस दुर्घटना भएको हो । सो गाडीको ५१ जना यात्रु बोक्ने क्षमता रहेको बताइएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।