डा. गोविन्द केसीका मागप्रति क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) को ऐक्यबद्धता

डा. गोविन्द केसीका मागप्रति क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) को ऐक्यबद्धता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चिकित्सा क्षेत्रको सुधारका लागि ११ औं पटकको आमरण अनशनमा बसेका डा.गोविन्द केसीका माग प्रति ऐक्यबद्धता जनाउँदै तत्काल माग पूरा गर्न सरकारसँग माग गरेको छ ।

क्रान्तिकारीले केसीको अनशनस्थलमा नै पुगेर आफ्नो ऐक्यबद्धता जनाएको हो । सो संगठनले त्रिविवि शिक्षण अस्पताल चिकिस्साशास्त्र अध्ययन सस्थानका प्रा.डा. गोविन्द के.सी.ले नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा हुदै आएको विकृती र विसंगती विरुद्ध पटक पटक गर्दै आएको अनशनमा समर्थन गर्दै आएको स्मरण गर्दै यो अनशनमा पनि ऐक्यवद्धता र समर्थन जाहेर गरेको हो ।

क्रान्तिकारीले डा.केसीले नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाका विकृति र विसंगतीको अन्त्य र ती क्षेत्रका सुधारका निम्ति प्रस्तुत गर्दै आएका जायज एवं न्यायपूर्ण मागहरुको सम्बोधन गर्न सरकार र सत्ता पक्षले धेरै पटक सहमति गर्ने तर कार्यन्वयनमा बेवास्ता गर्ने रबैयाको कारण फेरि ११औं पटकको आमरण अनशन जस्तो कठोर सत्याग्रहमा बस्नु पर्ने बाध्यता आउनु दुखद भएको जनाएको छ ।

सो संगठनले ११औं आमरण अनशन गरेको यति लामो समय भइसक्दा पनि समाधानका लागि सरकार र सम्बन्धीत पक्ष जिम्मेवार ढंगले प्रस्तुत नहुनु गैरजिम्मेवारीपनको पराकाष्टा भएको बताएको छ ।

संगठनका सहसंयोजक राम नेपालीले हस्ताक्षर गरेको ऐक्यबद्धता पत्रमा भनिएको छ, ‘डा.गोविन्द केसीले उठाउदै आएका जायज मागहरु र सत्याग्रह प्रति हाम्रो संगठन सदा झै दृढ ऐक्यवद्धता जाहेर गर्दै ती मागहरुको यथाशिघ्र सम्बोधन गरी डा. के.सी. को जीवन रक्षाका निम्ति हामी नेपाल सरकार र सम्बन्धीत पक्षसँग जोडदार माग समेत गर्दछौं ।’