एजेन्सी– आतंकवादी संगठन तालिबानको अपहरणमा परेका २ सय ३५ जना सर्वसाधारण मुक्त भएका छन् ।

उत्तरी अफगानिस्तानको सार–ई पुल प्रान्तमा तालिबान र आईएसले संयुक्त रुपमा आम सर्वसाधारणलाई निशाना बनाइ गरेको आक्रमणलगत्तै उनीहरुलाई रिहा गरिएको हो ।

हार्दिक शुभकामना !

सार–ई पुल प्रान्तको मिर्जावालांगमा गाउँमा आक्रमण गरी ५० जना आम सर्वसाधारणको हत्या भएको भोलिपल्ट उनीहरु रिहा भएका हुन् ।

सो आक्रमणमा परी महिला र बालबालिका समेत मारिएका थिए भने बस्तीमा आगो समेत लगाइएको थियो । यद्यपि सो प्रान्तका प्रवक्ताले अझै पनि सो धेरै सर्वसाधारण आतंकवादीको कब्जामा रहेको जनाएका छन् ।

केही दिनअघि आईएस र तालिबानले संयुक्त रुपमा आक्रमण गरेका थिए । गत बिहीबार आतंकवादी संगठनले स्थानीय प्रहरी चेकपोस्टलाई निशाना बनाएर आक्रमण सुरु गरेपछि संघर्ष सुरु भएको थियो ।

त्यसको दुई दिनपछि आतंकवादी लडाकुहरु सिया मुस्लिम समुदायको बाहुल्यता रहेको सो गाउँमा प्रवेश गरी आक्रमण गरेका थिए । सो क्रममा अफगानी सुरक्षा फौजका ७ जना समेत मारिएको प्रान्तका प्रवक्ताले जनाएका छन् ।

तालिबानले भने आफूले सर्वसाधारणको हत्या गरेको अस्वीकार गर्दै सरकारलाई सहयोग गर्ने २८ जना मिलिशिया मारिएको दाबी गर्नुका साथै तालिबानसँग मिलेर आक्रमण गरेको भनाईको समेत खण्डन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर