
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ ।
नेपाल क्रिकेट एशोसिएसन (क्यान) निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो ।
आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी ३३ क्रिकेटरलाई सन् २०१६ को तलब पठाएको हो ।
क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो । सोही अनुसार उनीहरुले आफ्नो ग्रेडअनुसारको तलब पाएका हुन् ।
क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो ।
त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तलब पाउने व्यवस्था गरिएको थियो ।