नितिश कुमार छैंठौं पटक विहारको मुख्यमन्त्री बन्न सफल

नितिश कुमार छैंठौं पटक विहारको मुख्यमन्त्री बन्न सफल

एजेन्सी । नितिश कुमार बिहारको २२ औं मुख्यमन्त्री बनेका छन् ।

राज्यपाल केशरीनाथ त्रिपाठीले पटनास्थित राजमण्डप हलमा उनलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

नितिशसँगै सुशील कुमार मोदीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् ।

यसअघि बुधबार लालु प्रसाद यादवको पत्रकार सम्मेलनको केही घन्टामा नै नितिशले यस माहौलमा काम गर्न कठिन हुने भन्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

यसपछि अबेर राति भाजपा र जनता दल युनाइटेडका विधायकसँग नितिश राजभवन गएर राज्यपाललाई राजीनामा बुझाएका थिए ।

साथै उनले राज्यपालाई १ सय ३२ विधायकको समर्थनको चिठी समेत सुम्पिएका थिए । नितिशको यो कदमलाई उनको महागठबन्धनलाई धोका दिएको र जनताको जनादेशलाई अबमूल्यन गरेको आरोप लगाइएको छ ।