नेवार समुदायमा वर्षकाे पहिलाे पर्व गथामुगः, आज धुमधामसँग मनाउँदै

नेवार समुदायमा वर्षकाे पहिलाे पर्व गथामुगः, आज धुमधामसँग मनाउँदै

काठमाडौ । नेवार समुदायले प्रत्येक वर्ष झंै आज दिल्लागाः चतुर्दशी (श्रावण कृष्ण चतुर्दशी)का दिन गथामुगः चः¥हे (गठेमंगल) धुमधामसँग मनाइदै छन् । नेवार समुदायले सिनाज्या (रोपाँइ) सकेपछि सबैभन्दा पहिले मनाइने पर्व नै गथामुगः हो । यस दिन नेवार समुदायले घर, पिढीँ सबै सफा सुग्घर गरी साँझ छ्वालि प्वाः (छ्वालिको मुठा) बालेर नजिकको द्वका (दोबाटो, चौबाटो)हरुमा फाल्न लैजाने गर्छन् । ती ठाउँहरुमा भूतका रुपमा छ्वालिका पुतलाहरु बनाएर पनि राख्ने गरिन्छ ।
धार्मिक आस्था हुनेहरुले यस पर्वलाई भूत मन्छाउने दिनको रुपमा महत्व दिने गरेतापनि यो पर्व सरसफाइसित सम्बन्धित रहेको पाउँछौं । सिनाज्या अर्थात मानो रोपी मुरी फलाउने काममा किसानहरु महिनौंसम्म दिनरात खटिंदा, त्यस दौरानमा किसानको घर, पिढीँ अस्तब्यस्त मात्रै होइन फोहर पनि जम्मा भइसक्ने हुने भएकोले घरको सरसफाईको गरेर यस दिनमा फोहर फाल्ने गरिन्छ ।
यस दिन घर पिढीँमा लितपोतका साथै जम्मा भएका फोहरहरुलाई घर, वस्तीभन्दा पर फाल्न लग्ने गरिन्छ । तर गथामुगःको दिनसम्म कोही किसानको रोपाँइ सकिएको छैन भने ती किसानहरुले गथामुगः मनाइने गर्दैन । उनीहरुले गाईजात्राको अघिल्लो दिनमा गथामुगःमा जस्तै छ्वालि प्वाः फाल्न लैजाने गर्दछन् ।
सिथिनखःबाट सिनाज्या शुरु भएसँगै नेवार समुदायले मनाइने चाडपर्व सकिन्छ । र सिनाज्या सम्पन्न भएसँगै मनाइने यो गथामुगः पर्वदेखि नेवारहरुको अन्य चाडपर्वहरु मनाउने शुरुवात हुन्छ ।