टर्की र ग्रीसमा ठुलो भूकम्प, २ जनाको मृत्यु, सयौं जना घाइते

टर्की र ग्रीसमा ठुलो भूकम्प, २ जनाको मृत्यु, सयौं जना घाइते

एजेन्सी । टर्की र ग्रीसमा आज विहान ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा २ जनाकाे मृत्यु र १०० भन्दा बढी घाइते भएका छन् । भूकम्पले थुप्रै घरहरु क्षतिग्रस्त भएको छ ।
युनाइटेड स्टेट जियोलोजी सर्वेका अनुसार एगीन समुन्द्रको तटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतह भन्दा १० कि.मी तल रहेको छ । भूकम्प गएको यो मुगला प्रान्तको दक्षिण पश्चिम तटीय क्षेत्र प्रख्यात पर्यटकीयस्थल पनि हो ।


भूकम्प पछि यस ठाउँका मानिसहरुमा भागदौड मच्चिएको थियो । मानिसहरु सुतिरहेकै अवस्थामा ओढ्ने सिरक सहित भागेका थिए । केओएसका मेयर जर्जस कायर्टिजका अनुसार त्यस दौरान केही मानिसहरु घाइते समेत भएका थिए । प्रायः घाइते हुनेहरुमा एउटा होटेलको छत खसेर भएका छन् ।
भूकम्प पछि त्यस ठाउँमा सुनामी पनि आएको थियो । र २० वटा भन्दा बढी पराकम्पहरु पनि आइसकेको छ । त्यसबाट के कति क्षति भयो भन्ने बारे अझै जानकारी आइसकेको छैन ।