काठमाडौं । प्रशिक्षक एन्टोनियाे कोन्टे थप दुई वर्ष इङ्गलिस फुटबल क्लव चेल्सीमा नै रहने भएका छन् ।
गत वर्ष चेल्सीलाई इङलिस प्रिमियर लिग च्याम्पियन बनाएका कोन्टे चेल्सी प्रशिक्षककै रुपमा रहन्छन् वा अन्य कुनै क्लव प्रवेश गर्छन भन्ने हल्ला चलिरहेको बेला उनले क्लवसँग दुई वर्षको लागि सुधारिएको करार सम्झौता गरेका हुन् ।
उनले यो सिजन चेल्सीका लागि आशा गरेअनुसार कुनै खेलाडी पनि अनुबन्ध गरेका छैनन् ।
खेलाडी किन्नमा क्लवले ढिलाई गरेको भन्दै उनी ब्यवस्थापनसँग असन्तुष्ट रहेको बताइएको थियो ।
गत सिजन चेल्सीलाई लिग जिताँउदा महत्वपुर्ण भुमिका निभाएका स्पेनिस स्ट्राईकर डिएगो कोष्टालाई क्लव छाड्न आग्रह गर्दैै पठाएको एसएमएस सार्वजनिक भएपछि कोन्टे आलोचित बनेका थिए ।
तर चेल्सीसँगको सुधारिएको सम्झौतापछि अब उनीमाथिको सम्पुर्ण आशंकाहरु मेटिएका छन् । ४७ वर्षीय ईटालीयन प्रशिक्षक कोन्टे सन् २०१६ मा चेल्सी प्रवेश गरेका थिए ।
उनले त्यतिवेलै क्लवसँग तीन वर्षको करार सम्झौता गरेपनि यो सिजनको सुरुमै सुधारिएको नयाँ सम्झौता गर्नुपर्ने अडान लिएका थिए ।