एजेन्सी । अमेरिकाले उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि त्यसको प्रतिरोध गर्नका लागि सैनिक शक्ति प्रयोग गर्न सक्ने चेतावनी दिएको छ ।
राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले राष्ट्रसंघ सुरक्षा परिषदको बैठकका क्रममा कोरियाली प्रायद्वीपमा बढ्दो तनाव अत्यका लागि प्रस्ताव दर्ता गराएकी छन् ।
राष्ट्रसंघ सुरक्षा परिषदमा उत्तर कोरियाको मिसाइल परीक्षणको कडा आलोचना समेत भएको छ ।
अमेरिकी रक्षामन्त्री जिम माटिस र जापानी समकक्षी तोमोमी इनादाले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई अस्वीकार्य भएको बताएका छन् ।
यता चीन र रुसले भने अमेरिकालाई संयमता अपनाउन आग्रह गरेका छन् ।
दुवै देशले यसअघि पनि उत्तर कोरियाको परीक्षण रोक्न र अमेरिकालाई दक्षिण कोरियामा तैनाथ गरेको थाड मिसाइल सिस्टम हटाउन आग्रह गरेका थिए ।