रोनाल्डोको निर्णायक गोलमा रुस पराजित, अर्को खेलमा मेक्सिको विजयी

रोनाल्डोको निर्णायक गोलमा रुस पराजित, अर्को खेलमा मेक्सिको विजयी

काठमाडौं । रुसमा जारी कन्फेडेरेशन कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा पोर्चुगल र मेक्सिको विजयी भएका छन् ।

बुधबाररातिको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको छ । खेलमा पोर्चुगललाई जित दिलाउन क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

बुधबार राति भएको अर्को खेलमा उत्तर अमेरिकी च्याम्पियन मेक्सिकोले ओसियाना समूहको च्याम्पियन न्युजिल्याण्डलाई २–१ ले हरायो ।

मेक्सिकोलाई जिताउन राउल जिमिनेज र ओरीबे पेराल्टाले एक एक गोल गरे । न्यूजिल्याण्डका क्रिस उडले सुरुवाती गोल गरेका थिए । खेलपछि समुह ए बाट सेमिफाइनल पुग्ने समिकरण रोचक बनेको छ ।

दुई खेलबाट ४–४ अंक बटुलेका मेक्सिको र पोर्चुगल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानको रुसको ३ अंक रहेको छ ।

अन्तिम खेलमा रुस र मेक्सिको तथा पोर्चुगल र न्युजिल्याण्ड भिडेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।