पाँच वर्षपछि रियलले जित्यो स्पेनिस ला लिगाको उपाधि, बार्सा दोस्रो

पाँच वर्षपछि रियलले जित्यो स्पेनिस ला लिगाको उपाधि, बार्सा दोस्रो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधी रियल मड्रिडले जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा मालागालाई २–० ले हराउँदै रियलले कीर्तिमानी ३३ औं पटक लिग उपाधि जितेको हो ।

आइतबार रातिको खेलमा रियललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले पाँच वर्षपछि स्पेनिस लिगको उपधि जितेको हो । यसअघि पोर्चुगीज प्रशिक्षक जोजे मौरीन्होले सन् २०१२ मा रियाललाई च्याम्पियन बनाएका थिए ।

यसपटक पूर्व खेलाडी जिनेदिन जिदानको प्रशिक्षणमा रियलले उपाधी जितेको हो । रियलले मालागालाई हराएसँगै बार्सिलोनाको लगातार तेस्रो सिजन उपाधी जित्ने सपना पुरा हुन सकेन । आइतबार राति भएको अर्को खेलमा बार्सिलोनाले आईबारलाई ४–२ ले पराजित गरेको हो ।

अन्तिम खेलमा रियाल पराजित भएको र बार्सिलोनाले जितेको भए गोल अन्तरका आधारमा बार्सिलोना च्याम्पियन बन्ने थियो । बार्सिलोनाले अघिल्ला दुई सिजन लगातार उपाधी जितेको थियो ।