अमेरिकी गुप्तचर एफबीआईका अनुवादकले नै गरिन् आईएस लडाकुसँग विवाह !

प्रकाशित मिति : २०७४ बैशाख २०

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सीले सिरिया गएका एक अनुवादकले इस्लामिक स्टेट आईएसका चरमपन्थी लडाकुसँगै विवाह गरेको पुष्टि गरेको छ ।

यी अनुवादकलाई इस्लामिक स्टेटका लागि लडाकु भर्ना गर्ने विषयको अनुसन्धान गर्ने जिम्मेवारी सुम्पिएको थियो । 

अमेरिकी न्युज च्यानल सीएनएनले ड्यानिएला ग्रीनले आफ्ना अधिकारीहरुसँग सन् २०१४ मा गरिएको सिरिया भ्रमणबारे झुठो बोलेको उल्लेख गरेको छ ।

३८ वर्षकी ग्रिनलाई भागेर अमेरिका गएपछि दुई वर्षसम्म जेल राखिएको थियो । एक अमेरिकी न्यायधीसले उनको कथा गोप्य राख्न भनेका थिए । तर सोमबार संघीय अदालतले दस्तावेज खोजेपछि उनको यो कहानी बाहिर आएको हो ।

ग्रीनले विवाह गरेका व्यक्तिको नाम डेनिस कस्पर्ट हो । पहिले जर्मन र्यापर रहेका उनी पछि आईएसका लागि भर्ति गराउन थालेका थिए । फेबु्रअरी २०१५ मा अमेरिकी सरकारले आईएसलाई वैश्विक आतंकवादी घोषित गरेको थियो ।

प्रचारका लागि बनाइएको एक भिडियोमा उनलाई तत्कालै मारेका एक व्यक्तिको टाउको हातमा लिएको देखाइएको थियो । ग्रीन एफबीआईको डेट्रायट फिल्ड अफिसमा काम गर्दथिन् ।

उनलाई जनवरी २०१४ मा कुस्पर्टको जाँच गर्ने काम दिइएको थियो । ६ महिनापछि उनले सिरिया गएर किस्पर्टसँग विवाह गरेकी थिइन् । चेकोस्लोभाकियामा जन्मिएकी ग्रिनले आफ्ना अधिकारीहरुलाई आफू जर्मनीमा बाबुआमालाई भेट्न जान लागेको बताएकी थिइन् ।

तर उनी जर्मनी नगई टर्की र त्यहाँबाट स्थानीय आईएस कार्यकर्ताको सहयोगमा सिरिया पुगेकी थिइन् । त्यसबेला नै उनले एक अमेरिकी अधिकारीसँग विवाह गरिसकेकी थिइन् ।

त्यसलगत्तै उनले आफ्नो बोलाउने नाम डेसो डग छाडेर आफूलाई अबु ताल्हा अल अल्मानी उल्लेख गर्न थालेका थिए । त्यसपछि ग्रिनलाई छिटै आफ्ना नयाँ पतिको बारेमा फरक धाराणा लाग्न थाल्यो ।

त्यसपछि उनले एक अमेरिकीलाई आफूले जानीजानी सबै कुरा अस्तव्यस्त गराएको र जसरी गएपनि फर्किन नसक्ने लेखेर पठाएकी थिइन् । तर सिरिया आएको केही महिनापछि उनी त्यहाँबाट भागेर पुनः अमेरिका फर्किन सफल भइन् ।

सीएनएनका अनुसार ग्रिनले कुस्पर्टलाई आफू एफबीआईको निशानामा रहेको बताईन् । तर उनी आईएसको कब्जामा रहेको सो इलाकाबाट भाग्न उनी कसरी सफल भईन् भन्नेबारेमा केही खुलेको छैन ।

ग्रिन डिसेम्बर २०१४ मा अन्तर्राष्ट्रिय चरमपन्थका बारेमा झुठो बोल्नु गल्ती भएको निश्कर्षमा पुगिन् । अमेरिकामा दुई वर्ष जेल सजाय काटेपछि उनी गत वर्ष रिहा भएकी हुन् । हाल उनी एक अमेरिकी होटलमा काम गर्दैछिन् ।