म्यान्चेस्टर युनाईटेडले जित्यो युरोपा लिग फुटबलको उपाधी

म्यान्चेस्टर युनाईटेडले जित्यो युरोपा लिग फुटबलको उपाधी

काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब फुबटल प्रतियोगिता युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि इंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले हात पारेको छ ।

स्विडेनमा भएको फाइनलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई २–० ले हराँउदै म्यान्चेस्टर युनाईटेडले सिजनको तेस्रो उपाधि जितेको हो ।

खेलमा म्यान्चेस्टरलाई जित दिलाउन पाउल पोग्बा र हेनरिक मख्तरियानले एक–एक गोल गरे । जितसँगै म्यान्चेस्टर युनाईटेड अर्को सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबलका लागि छनौट समेत भएको छ ।

पोर्चुगिज प्रशिक्षक जोजे मौरीन्होको प्रशिक्षणमा रहेको युनाइटेड इंग्लिस प्रिमियर लिगमा शीर्ष चारभित्र पर्न नसकेपछि उसको च्याम्पियन्स लिगका लागि छनोट हुने एकमात्र विकल्प थियो ।
युरोपा लिगको उपविजेता बनेको आयाक्सले डच लिगका दोस्रो हुँदै च्याम्पियन्स लिगका लागि छनौट भइसकेको छ ।