रोनाल्डोको सात महिना पछिको गोल नै निर्णायक बन्यो

रोनाल्डोको सात महिना पछिको गोल नै निर्णायक बन्यो

३१ चैत, काठमाडौं । च्याम्पियन्स लिगमा सात महिने लामो गोल खडेरीलाई ताड्दै क्रिष्टियानो रोनाल्डाको दुई गोलसँगै क्वार्टरफाइनलको पहिलो लेगमा साविकको विजेता रियल मड्रिडले बार्यन म्युनिखलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले बलियो प्रतिद्वन्द्वी बार्यन म्युनिखलाई २–१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्यनले २५ औं मिनेटमा भिडालको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो ।

४७ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे । ६१ औं मिनेटमा जाभी मार्टिनेजले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि बार्यन १० खेलाडीमा सिमित रहृयो ।

खेलको ७७ औं मिनेटमा रोनाल्डोले नै गोल गर्दै रियल मड्रिडलाई जित दिलाए । बार्यन म्युनिख विरुद्धको दुई गोलसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या ९७ पुगेको छ ।