विश्वकै लामो बाइक

विश्वकै लामो बाइक

एजेन्सी । मोटरसाइकल भनेको कति नै लामो हुन्छ र, त्यही पनि दुई पांग्रे । विश्व बजारमा भएका अनेकौं ब्राण्डका कयौं मोटरसाइकलहरु त देखेकै छौं । तर हैरान बनाउने कुरा भारतको गुजराँतका एक बासिन्दा भरत सिंह परमारले विश्वकै लामो मोटरसाइकल बनाएर विश्वकिर्तिमान नै कायम गरेका छन् ।

तपाइँलाई थाहा पाउँदा नै हैरान लाग्नसक्छ की उनले बनाएको मोटरसाइकल २६.२९ मिटर अर्थात् ८६ फिट ३ इन्च लामो छ ।
यद्यपि यो मोटरसाइकल बनेको हालसालै भने होइन सन् २०१४ को जनवरी २२ मा गिनिज बुकको एक टोलीले उक्त मोटरसाइकलको परीक्षण गरी रेकर्डमा दर्र्ता गरेको थियो ।
उक्त समयमा भरत सिंहले आफुले बनाएको त्यो लम्बेतान मोटरसाइकल चलाएर पनि देखाएका थिए ।

भरत सिंहको मोटरसाइकल भन्दा अघि सबैभन्दा लामो मोटरसाइकलको रुपमा त्यसभन्दा १३ फिट छोटो मोटरसाइकल गिनिज बुकमा दर्ज थियो । तर भरत सिंहको मोटरसाइकले पूरानो त्यो रेकर्ड भंग गर्यो ।