काठमाडौं । म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दावेदारी बलियो पार्दै लगेको छ ।
चेल्सीले बलियो प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई २–१ ले हराएको हो । चेल्सीको जितमा दुवै गोल इडेन हाजार्डले गरेका थिए भने सिटीका लागि सर्जियो अग्वेरोले एक गोल फर्काए ।
अघिल्लो खेलमा चेल्सी क्रिष्टल प्यालेससँग २–१ ले स्तब्ध भएको थियो ।
प्रिमियर लिग अन्तर्गत बुधबारराति नै भएको अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हरायो । आर्सनलका लागि मेसुट ओजिल, थियो वाल्कोट र ओलिभर जिरौडले एक–एक गोल गरे ।
यसैगरी टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई ३–१ ले हराँउदा लिभरपुल र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।
हल सिटीले मिडिल्सब्रोलाई ४–२ ले हराँउदा साउथ ह्याम्पटनले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित ग¥यो ।
बुधबाररातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३० खेलबाट ७२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलबाट ६५ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो, एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा रहेको छ ।































