१४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा, मूल्य कति

१४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा, मूल्य कति

काठमाडौ । नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ।
इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार ६० तोकेको छ।

निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल ७ दशमलव १ किलो ग्यास भएको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो।