काठमाडौं । फिलिपिन्सको राष्ट्रिय जनवादी मोर्चा (NDFP) ले नव–उपनिवेशहरूमा २१ औं शताब्दीमा फासीवाद तथा साम्राज्यवाद सम्बन्धी अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलन मे २२–२३ मा नेपालको काठमाडौँमा सफलतापूर्वक सम्पन्न ग¥यो । यो विगतका वर्षहरूमा आयोजित सैद्धान्तिक सम्मेलनहरूको श्रृङ्खलाको छैटौं परिघटना हो ।
दुई दिने सम्मेलनले साम्राज्यवादका अन्तर्विरोधहरुमा जरा गाडेको वर्गीय घटनाको रूपमा फासीवादको सैद्धान्तिक तथा ऐतिहासिक बुझाइलाई गहिरो बनायो । यसले फासीवादका विरुद्धको प्रति–धारा निर्माण गर्न जुझारु जनआन्दोलनहरूको महत्वका बारेमा पनि छलफल ग¥यो । यसका साथै, सम्मेलनले फासीवादको प्रभावकारी रूपमा सामना गर्न र त्यसलाई पराजित गर्न समाजमा चल्ने त्यस प्रकारका आन्दोलनहरु र जनवादी क्षेत्रलाई मार्गदर्शन गर्नसक्ने सिद्धान्त तथा रणनीतिहरू पहिचान ग¥यो । सम्मेलनले पाँचौं NDFP अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनबाट सङ्कलन गरिएका पाठ तथा ज्ञान लगायत लेनिन, स्तालिन, दिमित्रोभ र माओको योगदानबाट पाठ सिक्यो, जसमा यो समारोहले २१ औं शताब्दीमा, विशेष गरी नव–औपनिवेशिक परिधिहरूमा फासीवाद कसरी ऐतिहासिक रूपमा विकसित र अनुकूलित भएको छ भनेर परीक्षण ग¥यो ।
नव–उपनिवेशहरूमा विशिष्ट ऐतिहासिक अवस्थाबाट उत्पन्न हुने फासीवादको वर्तमान अभिव्यक्तिहरूको बारेमा विस्तृत रूपमा व्याख्या गर्दै सम्मेलनमा सैद्धान्तिक पत्रहरूमाथि छलफल तथा अनुभवहरुको आदानप्रदान भयो । फासीवादको उदयका लागि परिस्थितिहरु र साम्राज्यवादी केन्द्र तथा नव–औपनिवेशिक घेराभित्र काम गर्ने जनताले अनुभव गरेका तीव्र आर्थिक संकटहरू माथि छलफल गरियो ।
विशेष गरी, अनुभवहरुको आदानप्रदान तथा छलफल गर्ने क्रममा फासीवादका भौतिक आधारबारे खोतलियो । साम्राज्यवादले, आफ्नो द्रुत पतनको अवस्थामा, नव–उपनिवेशहरूमाथि फासीवादको लागि बाटो खोल्दछ । वित्तीय कुलीनवर्गले आफ्नो पुँजी निर्यात गर्न स्रोतहरूको निरन्तर प्रवाह, अवरोधरहित आपूर्ति शृङ्खला र बजार सुनिश्चित गर्नका लागि आफ्नो प्रभाव क्षेत्रहरू विस्तार एवम् व्यवस्थित गर्न आफ्नो अभियान जारी राख्दछन् । यसले जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष मार्फत् जनप्रतिरोधको सामना गर्ने गर्दछ । उक्त प्रतिरोधमाथि दमन गर्न साम्राज्यवादीहरूको इशारा र आह्वानमा फासीवादीकरण वा दलाल तथा जमिन्दारहरू सहित पूरा फासीवादी राज्यको विकास हुन्छ ।
साम्राज्यवादलाई जोगाउने उद्देश्यका साथ स्वभावतः फासीवादी कठपुतली शासन सत्ताहरू अगाडि आउँछन् । तिनका मालिकहरुको समर्थनमा नव–औपनिवेशिक राज्यहरूद्वारा विकसित प्रति–विद्रोहका कार्यक्रमहरू कार्यकर्ता, प्रगतिशील समूह, व्यक्तिहरू र मुक्ति सेनाहरूका विरुद्ध लक्षित हुन्छन् । तिनीहरूले गैरकानूनी गिरफ्तारी, यातना, मनोवैज्ञानिक युद्ध र हत्याको सामना गर्छन् । प्यालेस्टिनी जनता र प्रतिरोधका विरुद्ध यहुदीवादी तत्वहरुले गर्ने गरेको क्रूर तर्क र काम पनि यस्तै हो ।
यस ऐतिहासिक तथा राजनीतिक मोडमा, विभिन्न आन्दोलनहरू, उत्पीडित जनता, बुद्धिजीवीहरू र समाजका अन्य सकारात्मक शक्तिहरूको लोकप्रिय संयुक्त मोर्चा निर्माण गर्नु अति आवश्यक हुन्छ । श्रमिक जनताको शोषण, उत्पीडन र गरिबीलाई तीव्र बनाउने वित्तीय पुँजीका आर्थिक नीतिहरूका विरुद्ध लड्न सर्वहारा तथा मजदुरवर्गका पार्टीहरू, क्रान्तिकारी संगठनहरू, राष्ट्रिय मुक्ति आन्दोलनहरू, जनआन्दोलनहरू, महिला, युवा तथा सबै उत्पीडित जनताका आक्रामक लडाइँहरुमा जनताको नेतृत्व गर्न र तिनलाई परिचालन र शिक्षित गर्नु महत्वपूर्ण हुन्छ । जनताका बचेखुचेका लोकतान्त्रिक अधिकारहरूलाई मेटाउन सत्तारूढ दलालहरू र जमिन्दारहरूले गर्ने प्रयासका विरुद्ध जनपरिचालन गर्नु पर्छ । साथै, आज धेरैले अनुभव गरेका गम्भीर मुद्दाहरूको झण्डामुनि सबै मानिसहरूलाई एकताबद्ध गर्न सङ्कीर्णता र साम्प्रदायिकताबाट बच्नुपर्छ ।
दुई दिनको साझा र गहन छलफलका बीच नव–उपनिवेशहरूमा २१ औं शताब्दीमा फासीवाद र साम्राज्यवाद सम्बन्धी अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलन सम्पन्न भयो, जसले ५ महादेशका १७ देशहरूबाट सर्वहारा तथा मजदुर पार्टीहरू, पूर्व–पार्टी संरचनाहरू, क्रान्तिकारी सङ्गठनहरू, राष्ट्रियमुक्ति आन्दोलनहरू र प्रगतिशील सङ्गठनहरूका लगभग २०० जना सहभागीहरूलाई एकठाउँमा ल्यायो । सम्मेलनले २१ औं शताब्दीमा फासीवादको वर्तमान पुनरावृत्तिमा केन्द्रित १७ सैद्धान्तिक पत्रहरूमाथि प्रकाश पा¥यो, जसमा नव–उपनिवेशहरूमा यसका स्रोत तथा प्रकारहरूमा जोड दिइएको थियो ।
यो कार्यक्रम २१ औं शताब्दीमा फासीवाद सम्बन्धी NDFPको अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनको अङ्श हो, जसले निम्न विषयवस्तुहरूको अन्वेषण गर्दछः १) साम्राज्यवादी केन्द्र र औद्योगिक पुँजीवादी देशहरूमा फासीवाद र २) नव–उपनिवेशहरूमा फासीवाद । NDFPको पाँचौं अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलन पहिलो विषयमा केन्द्रित थियो भने छैटौं NDFP अन्तर्राष्ट्रिय सैद्धान्तिक सम्मेलनले दोस्रो विषय ः नव–उपनिवेशहरूमा २१ औं शताब्दीको फासीवादमाथि ध्यान केन्द्रित रह्यो ।
सम्मेलन कार्यक्रमको संश्लेषण सहित नव–उपनिवेशहरूमा जनयुद्ध र क्रान्तिका शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै समाप्त भयो । सम्मेलन साझास्वरमा लाल सलाम सहित सबै क्रान्तिकारीहरूलाई सम्मान गर्दै र अन्तर्राष्ट्रिय गीत गाउँदै समाप्त भयो ।
मई २४, २०२६































