काठमाडौ । सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेकपा (एमाले) निकट अनेरास्ववियुका कार्यकर्ता बुधबार बिहान सिंहदरबार पुगेका हुन्। उनीहरूले पर्चा पम्प्लेटसहित दक्षिण गेटमा प्रदर्शन गरेका छन्।
उनीहरूमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेता रहेका छन्। उनीहरूलाई सिंहदरबार वृत्तिमा राखिएको छ।





























