काठमाडौं । उपप्रधान तथा स्थानीयविकास मन्त्री कमल थापालाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने भएको छ ।

निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले राप्रपा अध्यक्ष समेत रहेका कमल थापालाई स्पष्टिकरण सोध्ने भएको हो । आचारसंहिताविपरित केही जिल्लाको भ्रमणमा रहेको आयोगको भनाई छ ।

मन्त्रीहरु आयोगको अनुमतिमा सरकारी कामका लागि जिल्ला जान पाउने भएपनि निर्वाचनलाई प्रभावित गर्ने किसिमका कुनै कार्य गर्न जान पाइदैन ।

तर, उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा आयोगलाई कुनै जानकारी नै नदिई कार्यकर्तासँग भेटेकोबारे आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी गएका थिए । सो क्रममा उनले राप्रपा नेपालका तत्कालीन स्वर्गीय महामन्त्री चन्द्रबहादुर गुरुङको घरमा पुग्नुका साथै कार्यकर्तासँग छलफल गरेका थिए ।

स्याङजाबाट उपप्रधानमन्त्री थापा पोखरा हुँदै सोमबार बाग्लुङ गएर कार्यकर्तालाई सम्बाधेन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर