
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्कालाई ह्वाइट हाउसमा छुट्टै कार्यालय दिइएको छ । उनले अब त्यो कुर्सीबाट आफ्ना बाबुलाई काममा सघाउन र सल्लाह दिने काम गर्नेछिन् । ३५ वर्षकी इभान्काले अब डोनाल्ड ट्रम्पका आँखा र कानको रुपमा काम गर्नेछिन् । तर उनलाई काम गरेवापत ह्वाइट हाउसबाट तलब भने पाउने छैनन् । पूरै संसारमा हाई प्रोफाइल छोरीहरुको सूचीमा एक सफल व्यापारीक घरानाकी इभान्का अब सेलिब्रेटीका रुपमा चिनिएकी छन् । संसारका प्रभावशाली ‘फस्ट डटर्स’ यी हुन् ।
मरियम नवाज शरिफ
४३ वर्षकी मरियम नवाज शरिफ पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफकी छोरी हुन् । अहिले उनी आफ्नो पारिवारिक समाजसेवी संस्थाको जिम्मेवारीमा छन् ।

उनले २०१३ मा आफ्ना बाबुको सफल चुनावी अभियानमा प्रमुख भूमिका निभाएकी थिइन् ।
उनी पाकिस्तानी सत्ता राजनीतिमा धेरै शक्तिशाली महिलाको रुपमा रहेकी छन् । गत वर्षको पनामा पेपर्समा उनको नाम समेत मुछिएको थियो ।
क्याटरिना टिखोनोभा
इसाबेल डोस सान्तोष
सुमेयी एर्दोगान
बेलायतमा अध्ययन गरेकी सुमेयी आफ्ना बाबुको सल्लाहकार समेत भइसकेकी छन् र केही राजनीतिक भ्रमणमा आफ्ना बाबुसँगै गएकी छन् ।
उनी आफ्ना बाबु र सरकारको कट्टर समर्थक हुन् ।
ओजोदा रहमान
मेरिएला क्यास्ट्रो
क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोकी छोरी मेरियला क्यास्ट्रो संसदकी सदस्य र अल्पसंख्यकको अधिकारका लागि चर्चित व्यक्ति हुन् । उनी सरकारी संस्था नेशनल सेन्टर फर सेक्स एजुकेशनकी प्रमुख हुन् र एड्स रोक्ने र समलैंगिक अधिकारसम्बन्धी नीति बनाउन प्रमुख भूमिका निभाउँदै आएकी छन् ।