बलात्कारी नै यसरी पुगे महिला जेलमा

प्रकाशित मिति : २०७३ चैत्र ११

एजेन्सी । लिंग परिवर्तन सर्जरी गरेर महिला बनेपछि एक ट्रान्सजेन्डर बलात्कारीलाई महिला जेलमा पठाइएको छ । बेलायतकी जेसिका विनफिल्डलाई मार्टिन पोन्टिङका नाममा चिनिन्थ्यो । जसलाई अहिले महिला जेलमा शिफ्ट हुनुपरेको छ ।

दोषी ठहर भएका यी व्यक्तिलाई पहिले कडा सुरक्षाकाबीच क्याम्ब्रिजशरको वाईटमुर जेलमा राखिएको थियो । उनलाई अहिले आजीवन कैदको सजाय सुनाइएको छ ।

लिंग परिवर्तनअघि विनफिल्डले उनीमाथि बलात्कारको आरोप लागेपनि उनले आफू पुरुष ट्रान्ससेक्सुअल भएका कारण प्रताडित गरिएको भन्दै बताएका थिए ।

१० वर्षअघि उनले कैदीको खबर ‘इनसाईट टाइम्स’ मा लेखेका थिए, ‘लैंगिकताका कारण मलाई सताइन्छ । शायद यो कम समझदारी र संवेदनशीलताको अभावका कारण हुन्छ ।’

उनले त्यसपछि आफूले लिंग परिवर्तन गरी महिला बनेको र यसबाट आफू ट्रान्सजेन्डरलाई लिएर गम्भीर भएको र पुरुष भएर बस्न राम्रो नलाग्ने पुष्टि गरेको बताए । अहिले उनलाई लिंग परिवर्तनको अनुमति दिनु एक प्रकारको क्रुरता भएको उनीपीडितको भनाई छ ।

उनले सन अखबारसँग भने, ‘उनको शैतानीपन बताउनका लागि शब्द कम हुन्छ । यो एक प्रकारको क्रुरताको कि उसलाई लिंग परिवर्तन गर्न दिए र केही वर्षमा जेलबाट रिहा हुन्छन् । उनी शारीरिक रुपमा परिवर्तन भएपनि उनको दिमाग अहिलेपनि त्यही छ ।’

क्याम्पेन ग्रुप ‘भ्वाईस फर भिक्टिम्स’ का अनुसार यो केस न्यायिक सिस्टममा समानतालाई लिएर रहेको असन्तुलनलाई सामुनेमा ल्याउछ । यस ग्रुपले ट्विटरमा लेखेको छ, ‘बलात्कारीको लिंग परिवर्तनको खर्च सरकारले उठायो जबकी बलात्कार पीडित उपचारमा मद्दत र फेरि समाजमा सामेल हुनका लागि संघर्ष गरिरहेकी छन् ।’

यो कुनै ट्रान्सजेन्डर कैदीलाई पुरुषको जेलबाट महिला जेलमा पठाइएको पहिलो पटक भने होइन । जन्म प्रमाणपत्रमा मानिसको जुन लिंग हुन्छ, बेलायतमा त्यसैको आधारमा कैदीलाई महिला या पुरुषको जेलमा राखिन्छ ।

तर कैदीसँग लिंग पहिचान प्रमाणपत्र भएमा जेल सेवाले उनलाई कानुनी रुपमा उचित लिंगका मानिस राखिने जेलमा शिफ्ट गर्नुपर्छ ।

पुरुषको जेलमा एक ट्रान्सजेन्डर कैदी विकी थोम्पसनको मृत्युपछि गत वर्षको नोभेम्बरमा सरकारले यस नीतिमा विचार गर्ने घोषणा गर्ने घोषणा गरेको थियो ।

सन् १९९९ मा बेलायतको कानुनी इतिहासमा जोन पिले पहिलो कैदी थिए, जसले लिंग परिवर्तनका लागि सर्जरी गर्ने अनुमति पाएका थिए । जोनमा महिला ट्याक्सी ड्राइभरलाई अपहरण गरेर हत्या गरेका थिए । यस घटनामा उनलाई जन्मकैदको सजाय सुनाइएको थियो ।