११ चैत, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा अमेरिकी डलर बरामद गरेको छ ।
थाइ एयरबाट थाइल्याण्ड जान लागेका चार जना भिक्षुणीहरुको साथबाट २ लाख ८६ हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।
विमानस्थलका डीआइजी पंकज श्रेष्ठका अनुसार काठमाडौंबाट थाइल्याण्ड जान लागेका ४ जना भिक्षुणीहरुको झोलामा संकास्पद देखिएपछि चेक गर्दा डलर र अन्य रकम सहित २ लाख ६८ हजार भारतीय मुद्रा पनि भेटिएको हो ।
‘नेपालबाट यति ठूलो परिमाणमा डलर लैजान पाइँदैन, कहाँबाट डलर ल्याए भन्ने अनुसन्धान हुँदै छ ।’ डीआइजी श्रेष्ठले भने ।
आफुहरुले विद्यालय बनाउन संकलन गरेको डलर लैजान लागेको आरोपीले बताएका छन् ।