एमालेकी सांसद दुलारी देवीको निधन

एमालेकी सांसद दुलारी देवीको निधन

काठमाडौं । नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फका सांसद दुलारी देवीको निधन भएको छ ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी सांसद देवीको बि एन्ड बि अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको छ ।

चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा परेकी सांसद देवीलाई चैत ४ गते अस्पतालमा ल्याई उपचारमा राखिएको थियो ।

मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।

सर्लाही ब्रह्मपुरी–८ की ४८ वर्षीया देवी हाल काठमाडौं शान्तिनगरमा बस्दै आएकी थिइन् । उनका पति, दुई छोरा र दुई छोरी छन् ।