जर्मनीद्वारा इङल्यान्ड पराजित, चेक गणतन्त्र र साईप्रस विजयी

जर्मनीद्वारा इङल्यान्ड पराजित, चेक गणतन्त्र र साईप्रस विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत बुधबारराति भएको खेलमा जर्मनीले इङल्यान्डलाई पराजित गरेको छ ।

बुधबार राती जर्मनीको डर्टमण्डमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भएको हो । खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरे ।

जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

जर्मनीको जितसँगै इङल्यान्डका अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो हार व्यहोरेका छन् । यसअघिका चार खेलमा साउथगेट अपराजित थिए ।

राती भएका अन्य मैत्रिपुर्ण खेलहरुमा चेक गणतन्त्रले लिथुआनियालाई ३–० ले हराँउदा साईप्रसले काजखस्तानलाई ३–१ ले पराजित गर्यो । स्कटल्याण्ड र क्यानाडाले एक एक गोलको बराबरी खेलेका छन् ।