युपी निर्वाचनबारे सनसनीपूर्ण खुलासा : एक भोटका लागि ७५० रुपैयाँ खर्च !

युपी निर्वाचनबारे सनसनीपूर्ण खुलासा : एक भोटका लागि ७५० रुपैयाँ खर्च !

एजेन्सी । भारतको सबैभन्दा ठूलो र राजधानी दिल्लीसँग जोडिएको राज्य उत्तर प्रदेशको निर्वाचनबारे सनसनीपूर्ण खुलासा भएको छ ।

भारतीय पत्रिका जनसत्ताले उत्तर प्रदेशको चुनाव देशकै सबैभन्दा महंगो चुनाव भएको उल्लेख गरेको छ । हरेक भोटमाथि राजनीतिक पार्टीले ७ सय ५० रुपैयाँ खर्च गरेका छन् ।

उत्तर प्रदेशको चुनावमा पार्टीले ५५ सय करोड रुपैयाँ खर्च गरेका छन्, जसमा करिब १ हजार करोड रुपैया ‘भोटको बदला नोट’ मा खर्च भएको छ । करिब एक तिहाई मतदाताले नगद या मदिरा लिएर भोट हालेका छन् ।

यो चुनावमा प्रचारप्रसारका लागि र इलेक्ट्रोनिक सामाग्रीमा ६ सय करोड देखि ९ सय करोड रुपैयाँ खर्च भएको छ । रिपोर्ट अनुसार यस विधानसभा निर्वाचनमा युपीमा करिब २ सय करोड र पञ्जाबमा १ सय करोड बडी जमानत जफत भएको छ ।

इण्डियन एक्सप्रेसको खबर अनुसार काँग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले पार्टी उपाध्यक्ष राहुल गान्धीले निर्णायक रुपले काम नगरेको आरोप लगाएका छन् ।

उत्तर प्रदेशमा काँग्रेसले ७ सिट र उत्तराखण्डमा ११ सिट जितेको थियो । मणिपुर र गोवामा सबैभन्दा ठूलो पार्टी हुनुका बाबजुद भाजपाले सरकार बनाएको छ ।