क्रान्तिकारी माओवादीका हजारौं युवाहरुले शनिबार काठमाडौंमा ‘मार्चपास’ गर्ने

क्रान्तिकारी माओवादीका हजारौं युवाहरुले शनिबार काठमाडौंमा ‘मार्चपास’ गर्ने

काठमाडौं । ‘कञ्चनपुर र सप्तरी हत्याकाण्डको विरोध गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकार प्राप्तिका लागि संघर्ष गरौं !!’ भन्ने मूल नाराका साथ साँस्कृतिक प्रतिरोध दिवस तथा विरोध प्रदर्शन कार्यक्रमन्तर्गत ५ फागुन ०७३ शनिबार नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन ‘क्रान्तिकारी युवा लिग’मा आवद्ध युवाहरुले काठमाडौंमा ‘मार्चपास’ गर्ने व्यापक तयारी गरेका छन् ।

‘क्रान्तिकारी युवा लिग’ लेखिएका रातो रङका टि–शर्ट लगाएर, झण्डा, व्यानरसहित खुल्लामञ्चमा जम्मा भएका हजारौं युवाहरुको मार्चपास दिउसो १ बजेबाट जमल, महेन्द्र शालिक, काठमाडौं प्लाजा, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सहिदगेट, न्यूरोड, इन्द्रचोक, असन, भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले सम्बोधन गर्ने कार्यक्रम रहेको क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जन‘आकाश’ले बताए ।

क्रान्तिकारी युवा लिगको यो मार्चपासलाई देशभत्त, प्रगतिशिल तथा क्रान्तिकारी शक्तिले निकै महत्व दिएर हेरेका छन् ।
विक्रम सम्बत् २०५५ साल चैत ५ गते तत्कालिन सरकारले काभ्रे जिल्लाको अनेकोटमा ७ जना कलाकारहरुको हत्या गरेको दिनको स्मरणमा माओवादीहरुले सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरको सन्दर्भ पारेर ‘युवा मार्चपास’को आयोजना गरिएको हो ।

काभ्रेको अनेकोटमा तत्कालीन राज्यसत्ताले गीत, संगीतको माध्यमबाट अनअधिकारका निम्ति जनतालाई जागरुक बनाउँदै हिंडेका जनताका कलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामालाई २०५५ साल चैत ५ गते जिउँदै जलाएर हत्या गरेको थियो ।