क्रान्तिकारी पत्रकार महासंघले लगायो ‘महासंघ’को केन्द्रमा ताला

क्रान्तिकारी पत्रकार महासंघले लगायो ‘महासंघ’को केन्द्रमा ताला


काठमाडौं । पटक पटकको माग सुनुवाइ नभएपछि माग सम्बोधनका लागि क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले २४ घण्टे अल्टिमेटमको समयसीमा भित्र माग पूरा नभएपछि तालाबन्दी गरेको हो । क्रान्तिकारी पत्रकार महासंघका नेताहरुले बिहीबारमात्र महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई भेटेर माग पूरा गराउन २४ घण्टे अल्टिमेटम दिएका थिए ।

यस्तो छ तालाबन्दी गर्नुको कारण :

“हाम्रो संगठनले नेपाल पत्रकार महासंघलाई छाता संगठनको भूमिकामा स्थापित गराउन महासंघका नेतृत्वलाई दबाब दिंदै आएको सर्वविदितै छ । तर आम श्रमजीवि पत्रकारहरुको चाहना विपरीत महासंघमा अमूक संगठनको सिन्डिकेट तोडिएन, बरु अझ सघनरुपमा सिन्डिकेट लादियो । पत्रकार महासंघलाई नेपाली अनधिकृत रुपमा अमूक संगठनका कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाइयो ।

जिल्ला÷प्रतिष्ठान तथा एशोसियट शाखाहरुको अधिवेशनपूर्व नै देशैभरका शाखाहरुबाट सिफारिश गरिएका तथा स्वीकृत गरिएका नयाँ सदस्यहरुको नाम सार्वजनिक गर्न, एक स्वतन्त्र र अधिकार सम्पन्न छानविन आयोग बनाई निष्क्रिय र पेशामा नरहेका पत्रकारहरुको सदस्यता खारेज गर्न जोडदार माग गरेका थियौं । तर हाम्रा मागहरुलाई सुनुवाइ नगरी शाखाहरुको चुनाव गराइयो र परिणामतः अधिकांश शाखाहरुमा एकाध संगठनहरुको एकाधिकार देखाप¥यो । र, अधिकांश संगठनहरुको अस्तित्व र प्रतिनिधित्वलाई निषेध गरियो । नेपाल पत्रकार महासंघ छाता संगठन बन्न सकेन । बाँकी रहेका उपत्यका र प्रतिष्ठानहरुमा पनि महासंघको नेतृत्वले आफ्नो हैसियतको दुरुपयोग गर्दै अनधिकृत रुपमा गैर पत्रकारहरुलाई भर्ती गर्ने, एउटा शाखामा खारेजीमा परेका सदस्यहरुलाई अर्को शाखामा रातारात स्थानान्तरण गर्ने, नक्कली सदस्यहरु खडा गर्ने, अस्तित्वमै नभएका प्रतिष्ठानहरु खडा गर्ने र अनेक तिकड्म र जालसाजी गरी आफ्नो बर्चस्व स्थापित गराउन खोज्ने गतिविधिहरु देखिएका छन् । यसरी, नक्कली पत्रकारहरु भर्ती गरेर गराइएको निर्वाचन र त्यसको परिणामलाई क्रान्तिकारी पत्रकार महासंघ किमार्थ स्वीकार्न सक्दैन । र, यसको खारेज गर्न चाहन्छ र खारेजीको माग गर्दछ । छानविन आयोग बनाई आयोगले निक्र्यौल गरेका सदस्यहरुको आधारमा अधिवेशन भइसकेका शाखाहरुमा पुनः अधिवेशन (निर्वाचन)को माग गर्दछ ।

नेपाल पत्रकार महासंघ आम श्रमजीवि पत्रकारहरुको साझा संगठन हो । तर अमूक संगठनहरुको सिन्डिकेट राजनीतिले महासंघलाई केही चल्तापूर्जा र खाइ पल्केकाहरुको वपौतीको रुपमा स्थापित(बद्नाम) गराइदिएको छ । र, अहिले महासंघ कब्जा गर्न तिनै खाइपल्केकाहरुबीच होड चलेको छ । अन्य पार्टी निकट पत्रकारहरु र स्वतन्त्र श्रमजीवि पत्रकारहरुलाई महासंघमा अघोषितरुपले निषेध गरिएको छ । पत्रकार महासंघको विधानले व्यवस्था गरेबमोजिम योग्य हँुदाहुँदै पनि आस्थाको आधारमा सदस्यता लिनबाट ठाउँ ठाउँमा बञ्चित गरिएको छ । आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर नयाँ सदस्यहरु(गैर पत्रकारहरु)को भर्ती गर्ने खेल भद्दा रुपमा महासंघको विधानविपरीत चलिरहेकै छ । हाम्रो संगठन यस किसिमका गतिविधि तत्काल रोक्न र देशभरका शाखाहरुले नयाँ सदस्यहरुका लागि अपनाएको मापदण्ड र छनौट गरिएका सदस्यहरुको नाम लिस्ट तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछ । र, सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानविन आयोग गठन गरी थपिएका नयाँ सदस्यहरु र पुराना सदस्यहरु, जो प्रत्यक्ष÷परोक्षरुपले पत्रकारिता पेशासँग संलग्न छैनन्, को महासंघको सदस्य खारेज गर्न विशेष माग गर्दछ ।”