संवैधानिक अदालतद्वारा दक्षिण कोरियाली राष्ट्रपतिमाथिको महाअभियोग सदर

संवैधानिक अदालतद्वारा दक्षिण कोरियाली राष्ट्रपतिमाथिको महाअभियोग सदर

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन–हाई पदबाट बर्खास्तगीमा परेकी छन् ।

उनीमाथि महाअभियोग लगाउने संसदको निर्णयलाई ८ सदस्यीय संवैधानिक अदालतले सदर गरेपछि पहिलो जननिर्वाचित महिला राष्ट्रपति नै बर्खास्तगीमा परेकी हुन् ।

उच्च संवैधानिक अदालतका आठ सदस्यीय न्यायाधीशको इजलाशले पार्कलाई हटाउने प्रशस्त आधार रहेको भन्दै संसदको निर्णय सदर गरेको हो ।

पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानून उल्लंघन गरेको पनि अदालतले ठहर गरेको छ । आफ्ना निकट साथी चोई सून–सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाभियोग लगाएको थियो ।

अदालतको यो निर्णयसँगै अब दक्षिण कोरियामा आगामी दुई महिनाभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने भएको छ । अब पार्कले राष्ट्रपति भए वापतको सुबिधा गुमाउनुका साथै कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइने बताइएको छ ।

महाभियोग लागेसँगै गत डिसेम्बरदेखि उनी निलम्बित अवस्थामा थिइन् । उनको कार्यभार प्रधानमन्त्रीले राष्ट्रपतिको कार्यभार सम्हालिरहेका छन् ।