
वासिंगटन । नासाले आगामी वर्ष सूर्यमा आफ्नो पहिलो रोबोटिक अन्तरिक्षयान पठाउने योजना बनाएको छ ।
सूर्यको वातावरण जाँच गनएका लागि भन्दै यो अन्तरिक्ष यानलाई ६० लाख किलोमिटरसम्म पठाउने योजना बनाएको हो । मानिसले चन्द्रमा, मंगलसहित अन्तरिक्षको सुदुर क्षेत्रमा समेत अन्तरिक्षयान पठाइसकेको छ ।

अब नासाले सूर्यबारे अध्ययन गर्नका लागि सोलर प्रोब प्लस मिसन पठाउने तयारी गरेको हो । सूर्य पृथ्वीबाट करिब १४.९० करोड किलोमिटर टाढा रहेको छ ।
गोड्डार्ड स्पेस फ्लाइट सेन्टरमा नासाका अनुसन्धान वैज्ञानिक एरिक क्रिष्चियनले आफूहरुको सूर्यमा पठाउने पहिलो मिसन भएके बताएका छन् ।
उनले भने, ‘हामी सूर्यको सतहसम्म पुग्न सक्दैनौं तर यो मिशन यति नजिक हुनेछ कि तीन महत्वपूर्ण प्रश्नको जवाफ दिन सकियोस् ।’
यो मिशन सम्भवतः सूर्यको सतह उसको वातावरण जति तातो किन छैन भन्ने कुराको उत्तर दिने अपेक्षा गरिएको छ ।
नासाका अनुसार सूर्यको सतहको तामक्रम ५५ हजार डिग्री सेल्सियस छ जबकी यसको वातावरणको तापक्रम २० लाख डिग्री सेल्सियस रहेको छ ।
लाईभ साइन्सको रिपोर्ट अनुसार वैज्ञानिकहरुले सूर्यको हावाको गति, कुनै सयममा यसबाट धेरै उर्जाका कण किन उत्सर्जित हुन्छ र असुरक्षित अन्तरिक्षयात्री एवं. यानलाई खतरा पैदा गर्छ भन्ने बारेमा समेत अनुसन्धान गर्ने नासाको लक्ष्य छ ।