सिरियामाथि प्रतिबन्ध लगाउने कोशिस, रुस र चीनले बनाए असफल

सिरियामाथि प्रतिबन्ध लगाउने कोशिस, रुस र चीनले बनाए असफल

एजेन्सी । रुस र चीनले रासायनिक हथियारको प्रयोग गरेको आरोपमा सिरियामाथि वैश्विक प्रतिबन्ध लगाउने पश्चिमी देशको नयाँ प्रयासलाई असफल बनाएका छन् ।

रुसले सिरियामाथि प्रतिबन्ध लगाउन लागेको प्रतिबन्ध विरुद्ध भिटो प्रयोग गरेको यो सातौं पटक हो । सन् २०११ देखि जारी गृहयुद्धपछि सिरियामाथि प्रतिबन्ध लगाउने प्रयासलाई चीनले असफल बनाएको यो छैठौं पटक हो ।

सिरियाले सन् २०१३ मा रुस र अमेरिकाबीच भएको सम्झौताअनुसार आफ्ना रासायनिक हतियार नष्ट गर्ने सहमति दिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामाथि लगाइने प्रतिबन्ध पूरै अनुचित हुने बताएका छन् । उनले भने, ‘यसबाट केवल शान्ति वार्तालाई नोक्सान र विश्वासमा ठेस पुग्नेछ ।’

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले भने यसलाई निराशाजनक र संसारलाई निश्चित रुपमा खतरातर्फ उन्मुख गराउने कदमका रुपमा ब्याख्या गरेकी छन् ।

बेलायती राजदूत म्याथ्यु रिक्राफ्टले भने, ‘रासायनिक हतियारको प्रयोगविरुद्ध कारबाही नगर्ने कार्यले अन्तर्राष्ट्रिय नियमलाई उल्लंघन रोक्ने विश्वासलाई कमजोर बनाइरहेको तथा हमलाको चपेटामा आउने सिरियालीको भरोसामा नोक्सान पुग्ने दाबी गरेका छन् ।