काठमाडौं । त्रिभूवन विश्वविद्यालयले निर्धारण गरेको कार्यतालिकाअनुसार आज विश्व विद्यालयका केही आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ ।

विद्यार्थी संगठनहरुबीचको विवादका कारण करिब ४० प्रतिशत क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो । तोकिएको समयमा मनोनयन दर्ता भएका ६० वटा आंगिक क्याम्पसमध्ये २४ वटामा मात्रै निर्वाचन हुनेछ ।

त्रिभूवन विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् भने सम्बन्धन प्राप्त १ हजार ८४ वटा क्याम्पस रहेका छन् ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) प्रचण्ड तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा तालाबन्दी गरेकाका अधिकांश क्याम्पसमा निर्वाचन नहुने भएको हो ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन हुने छैन ।

काठमाडौं उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ र थापाथली इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषि क्याम्पसमा भने निर्वाचन हुँदैछ । शंकरदेव क्याम्पसले भने आगामी २४ गते गर्नेगरी स्ववियुको मिति तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर