काठमाडौं । यस वर्षको चलचित्र क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ‘ओस्कार अवार्ड’ ‘मुनलाईट’ ले जितेको छ ।
अवार्ड वितरण समारोहमा भने उत्कृष्ट फिल्मको नाममा अर्के फिल्मको नाम उच्चारण गरिएपछि एकैछिन अलमल सिर्जना भएको थियो ।
ओस्कार अवार्ड वितरकले नै आफ्नो नजरमा कुन उत्कृष्ठ फिल्म हो भन्ने बारेमा गरेको निर्णय बाहिर गलत ढंगले बतायो र गल्ती तत्कालै सच्यायो ।
‘मुनलाईट’ २०१६ को सबैभन्दा उत्कृष्ट फिल्म बनेको छ । बेस्ट फिल्मका लागि पहिले ‘ला ला ल्याण्ड’ को नाम लिइएको थियो । केसे एफलेक उत्कृष्ट नायक र एमा स्टोन सबैभन्दा उत्कृष्ट नायिकाको रुपमा चयन भएकी छन् ।
एम्मा स्टोनलाई यो उपाधी ला ला ल्याण्डका लागि प्रदान गरिएको हो भने केसी एफलेकले ‘म्यान्चेस्टर बाई द सी’ का लागि यो सम्मान पाएका हुन् ।
महेरशेला अली ओस्कार अवार्ड पाउने पहिलो मुस्लिम अभिनेता बनेका छन् । उनले यो अवार्ड हलिउड फिल्म मुनलाईटमा उत्कृष्ट सहअभिनेताको भूमिकाका लागि पाएका हुन् ।
उनी ओस्कारका लागि पहिलो पटक मनोनयनमा परेका थिए । यो दौडमा महेरशेलासँग प्रतिस्पर्धामा भारतीय मूलका अभियनेता देव पटेल पनि थिए । यसै गरी बेस्ट सपोर्टिङ नायिकाको अवार्ड विओला डेभिसले पाएकी छन् ।
‘फेन्सेज’ मा विओला डेभिसको भूमिकाको तारिफको सिलसिला यो अवार्डपछि अझ बढ्ने देखिएको छ । ‘जंगल बुक’ ले बेस्ट भिजुअल इफेक्टस्का लागि ओस्कार जितेको छ ।
अवार्ड वितरणअघि जबरजस्त चर्चामा रहेको फिल्म ला ला ल्याण्डले पहिलो ओस्कार प्रोडक्सन डिजाइनिङका लागि प्रदान गरिएको छ ।