काठमाडौं । नोकियाले आफ्नो चर्चित मोबाइल फोन ३३१० फेरि बजारमा ल्याएको छ ।
विश्वमा सबैभन्दा धेरै विक्री भएको यो फोन करिव १७ वर्षअघि लञ्ज भएको थियो । सन् २००५ मा बन्द हुनु अघि १२.६ करोड युनिट विक्री भएको यो फोन नोकियाले फेरि बजारमा ल्याएको हो ।
अब यसको नयाँ भर्सन लञ्ज भएको छ । नोकियाको ब्राण्ड अब फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । नोकिया ३३१० आफ्नो बलियो र स्नेक गेमका चर्चित छ ।
एचएमडीले ३३१० को नयाँ भर्सनसँगै तीन अरु एन्ड्रोयड फोन पनि लञ्ज गरेको छ । प्रविधि विज्ञ बेन वुडले भने, ‘यदि एचएमडीले नयाँ फोन मात्र लञ्च गरेको भए अखबारमा सिंगल कोलम मात्र ठाउँ पाउँथ्यो । तर, नोकिया ३३१० का कारण गजबको कभरेज पाएको छ ।’
उनका अनुसार ३३१० को लञ्ज एक सोचबिचार गरेर चालिएको कदम हो र यसको विक्री बढ्नेछ । ३३१० स्मार्टफोन नभई फिचर फोन नै हो । तर, अहिले यसमा सीमित इन्टरनेट सेवा पनि छ ।
यो एस ३०ं अपरेटिङ सिस्टममा चल्नेछ र यसमा थ्री जी वा फोर जीको सट्टा २.५ जीको सुस्त गतिको कनेक्टिभिटी हुनेछ । यसमा दुई मेगाफिक्सलको एक क्यामेरा पनि हुनेछ ।
३३१० फोनको सबै भन्दा मुख्य विशेषता ब्याट्री हो । एचएमडीका अनुसार यो फोनले एक महिनाको स्ट्याण्डबाइ टाइम दिनेछ जबकी यसमा २२ घन्टासम्म कुराकानी गर्न सकिनेछ ।