काठमाडौं । गोरखा भूकम्पका परकम्प जाने क्रम अझै रोकिएको छैन । सोमबारमात्रै रामेछापलाई केन्द्रविन्दु बनाएर एक घन्टाको बिचमा दुई पटक परकम्प गएको छ ।
सोमबार बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको हो ।
यसैगरी बिहान १० बजेर ६ मिनेटमा रामेछापलाई नै केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुवै भूकम्पको झट्का काठमाडौं सम्म पनि महसुस गरिएको थियो । भूकम्पले काठमाडौंको अग्ला अग्ला भवन १० सेकेन्डसम्म हल्लाएको थियो ।