काठमाडौं । इङ्गलिश घरेलु फुटबल प्रतियोगिता लिग कपको उपाधि म्यान्चेष्टर युनाइटेडले हात पारेको छ ।
आइतबारराति भएको खेलमा साउथह्याप्टनलाई ३–२ ले हराउँदै सिजनमा पहिलो उपाधी जितेको हो । जोजे मौरिन्होको प्रशिक्षणमा रहेको युनाइटेडलाई विजयी बनाउनका लागि ज्लाटन इब्राहिमोभिचले दुई तथा जेस्सी लिङ्गार्डले एक गोल गरे ।
साउथह्याम्प्टनका लागि दुबै गोल ग्याबियाडीनीले गरेका थिए । मौरीन्होको लागि यो चौथो लिग कपको उपाधि हो । उनले यसअघि सन् २००५, सन् २००९ र सन् २०१५ मा चेल्सीलाई लिग कपको उपाधी जिताएका थिए ।
उता, इंग्लिस प्रिमियर लिग अन्तर्गत राति भएको एक मात्र खेलमा टोटनह्याम हट्सपरले स्टोक सिटीलाई ४–० ले हराएको छ । टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरेभने डेले अलीले एक गोल थपे ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको टोटनह्याम शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि रहेको छ । २६ खेलबाट चेल्सीको ६३ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ५३ अंक छ ।