जहाँ गरिएको थियो ५ सय परमाणु बमको परीक्षण

जहाँ गरिएको थियो ५ सय परमाणु बमको परीक्षण

एजेन्सी । कजाकिस्तानको ‘द पोलिगन’ को इतिहास आफैमा खतरनाक रहेको छ । सन् १९४९ देखि १९८९ कोबीचमा यहाँ लगभग हरेक वर्ष १० परमाणु बमको परीक्षण गरिएको छ, जसको परिणाम आज पनि देखिदै आएको छ ।

शीतयुद्धका क्रममा पूर्व सोभियत संघले परमाणु परीक्षणका लागि यो संसारकै सबैभन्दा ठूलो केन्द्र बनाएको थियो । सोभियत संघ सरकारले यहाँ ४५६ परमाणु बम परीक्षण गरेको थियो । केन्द्रीय एसियाको कजाक स्टेपिजमा रहेको द पोलिगनको आधिकारिक नाम सेमिपलाटिन्स्क टेस्ट साइट हो । यो क्षेत्र अमेरिकाको मेरिल्याण्ड जतिकै ठूलो छ ।

यहाँको प्रमुख सहर कुअरशोटोफको नाम रुसी भौतिकशास्त्री आईगोर कुअरशाटोफको नामबाट राखिएको हो । उनले सोभियत संघको परमाणु कार्यक्रमको नेतृत्व गरेका थिए । परमाणु परीक्षणका लागि यो स्थान छानिएको थियो, किनकी सर्बियाको तुलनामा यो इलाका मेक्सिकोसँग नजिक थियो ।

सो स्थानमा सर्वसाधारणको बाक्लो बस्ती थिएन । रुसी जार निकोलस प्रथमले १८५४ मा सरकारविरुद्ध बोल्ने लेखक फ्योदोर दोस्तोवस्कीलाई निर्भासित गरेर यहाँ पठाएका थिए । सन् १९४७ मा यो स्थानलाई छानिएका बेला ७० हजार मानिस बस्दथे । यिनीहरुमा कारिप्बेक कुयुकोभ पनि हुन्, जो सोभियत रुसको परीक्षणको नतिजा भोगिरहेका छन् । उनको जन्म हुँदा नै हात थिएन ।

उनी भन्छन्, म परमाणु परीक्षणको दुःख झेल्ने अन्तिम मान्छे बन्नु मेरो लक्ष्य हो ।’ कुयुकोभले करिब ५ सय परमाणु परीक्षणको कुरा गरेपनि चार दशकअघि सोभियत संघले गोप्य रुपमा गरेको थियो । शीत युद्धका क्रममा सोभियत संघको परमाणु कार्यक्रमबारे कसैलाई जानकारी हुँदैन थियो ।

कुयुकोब भन्छन्, ‘त्यसबेला मेरी आमा जवान थिइन्, उहाँ परीक्षण हेर्नका लागि पहाड माथि चडेकी थिइन् । पहिल उज्यालो भयो र फेरि उहाँको आँखामा अँध्यारो छायो ।’ सोभियत सेनाले केही वर्ष सम्म द पोलिगनमा रहने मानिसको स्वास्थ्यमा ध्यान राखेका थिए । त्यहाँका जनतामा क्यान्सर महामारीको रुपमा फैलियो।

केही मानिसले परिवार र बच्चासहित आत्महत्या गरेका थिए । सन् १९८० को अन्तिममा नेवाडा–सेमिपलाटिन्स्क परमाणुरोधी अभियान सुरु भयो र परमाणु परीक्षणमा रोक लगाउन माग गरे । कवि ओल्जास सुलेमानोव र कारिप्बेक कुयुकोभ यस अभियानका दुई अभियानकर्ता थिए । यस अभियानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान मिल्यो ।

सोही कारण सोभियत संघले १९९० मे १८ मा ११ परीक्षण रद्द गर्नुपरेको थियो । २९ अगस्ट १९९१ मा काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेबले त्यसलाई आधिकारिक रुपमा बन्द गरे । केही महिनापछि कजाकिस्तानमा आफ्नो स्वतन्त्रताको घोषणा गर्दै संसारकै ठूलो परमाणु परीक्षणको स्थानको आलोचना गर्दै अपनायो ।

सरकारको निवेदन मान्दै राष्ट्रसंघले अगस्ट २९ लाई परमाणु परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्ने निर्णय ग¥यो । सोभियत सेनाले सो क्षेत्र छाडेर जाँदा पनि ११० मिसाइल र १२ सय परमाणु बम थिए । यस इलाकाको सुरक्षाको जिम्मेवारी ५ सय सैनिकलाई दिइएको थियो । सो इलाकामा बस्नेले भवन र सामान टुक्रा पारेर बेच्न थाले र परमाणु विकिरणबाट प्रभावित भए । यहाँसम्म कि १९९३ मा द पोलिगनका निर्देशकलाई सैनिक सामान चोरी र बेचेको आरोपमा बर्खास्त गरिएको थियो ।

परमाणु परीक्षण बन्द भएपनि स्वास्थ्य समस्या अन्त्य भएन । इन्स्टिट्युट अफ रेडियोएक्टिभ मेडिसिन एण्ड इकोलोजी अफ कजाकिस्तानको एक अनुमानअनुसार १९४९ देखि १९६२ को बिचमा यहाँका ५ लाख देखि १० विकिरणका प्रभावित भएका छन् । लस भेगासबाट १०५ किलोमिटर टाढा नेवाडा अमेरिकाका लागि यस्तै स्थान थियो । ३५ सय वर्ग किलोमिटरको यस क्षेत्रमा अमेरिकी सेनाले १९५१ देखि १९९२ को बिचमा ९२८ परमाणु परीक्षण गरेको छ । यसमध्ये ८ सय परीक्षण जमिनमुनी गरिएको थियो । ती परीक्षणपछि आउने धुवा १५० किलोमिटर टाढा देखिन्थ्यो, जुन केही पटक मिडियाको आकर्षण बन्यो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार १९५० देखि १९८० को बीच मानिसमा ब्लड क्यान्सर, थाइराइड, स्तन क्यान्सर र ब्रेन ट्युमरका घटनामा वृद्धि भएको थियो । रुसको आर्कटिक इलाकामा १९५५ देखि १९९० को बीचमा २२४ परीक्षण भएको थियो । २० अक्टोबर १९६१ मा यहाँ भएका विस्फोट भएको थियो, जो ५७ मेघाटनभन्दा बढी शक्तिशाली थियो । यो मानव इतिहासको सबैभन्दा जर्बजस्त विस्फोट मानिन्छ ।

फ्रान्सेली सेनाले पोलिनेशियालाई आफ्नो परमाणु परीक्षण केन्द्रका रुपमा प्रयोग गरेको थियो । फन्गातोफा र मुरुरोआमा १२ र १७६ परमाणु विस्फोट भएका थिए । अमेरिकी सेनाको कुरा गर्ने हो भने मार्शलद्विपबाट नजिक सेनाले ४० विस्फोट गराएको थियो । यस विस्फोटमा एल्युजलेब नामको सानो टापु पूर्ण रुपमा नष्ट भएको थियो ।