
काठमाडौं । ‘एकताको लागि संगीत’ नामको नारा सहित लोकरक ब्याण्ड नेपथ्यले बुटवलमा कन्सर्ट गर्ने भएको छ । फागुन १४ गते शनिबार त्यहाँस्थित कालिका माध्यमिक विद्यालयको खुला प्राङ्गणमा टोलीले कन्सर्ट प्रस्तुत गर्न लागेको हो ।
‘एस नेपाल’ नामक संस्थाले आयोजना गरेको यो कन्सर्टबाट हुने मुनाफाको रकम ‘अभियान नेपाल चाइल्ड होम’को सहयोगार्थ प्रदान गरिने जानकारी आयोजक सन्तोष टण्डनले दिएका छन् ।
‘हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एकरुपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन, ‘यसपटक पनि भर्खरै राजधानीको टुँडिखेलमा आयोजना गर्दा परिचालित प्राविधिक टोलीलाई नै बुटवलको पनि प्राविधिक र निर्माण पक्ष सुम्पेका छौं ।’
कन्सर्टमा नेपथ्यले सधै झै उसका पुराना साथै नयाँ गीतहरु पनि बुटवलका श्रोताहरुलाई सुनाउने छ ।