ओखलढुंगा । जिल्लाको कुईभिरमा बुधबार नेकपा (क्रान्तिकारी माओवादी)को १ नं. इृलाका भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीले गत माघदेखि देशैभर चलाएको संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज बालकृष्ण राई ‘आदर्श’को प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । भेलाका सहभागीहरुलाई प्रमुख अतिथि बालकृष्ण राई आदर्शले देशको समसामयीक परिस्थिति र क्रान्तिकारी माओवादी ओालढुंगाको भावी योजना तथा गर्नुपर्ने कार्यहरु बारेमा प्रशिक्षण दिएका थिए ।
भेलाले तेञ्जी शेर्पाको नेतृत्वमा १३ सदस्यीय ईलाका कमिटि पनि गठन गरेको छ । त्यस्तै पासाङ शेर्पाको संयोजकत्वमा १९ सदस्यीय क्रान्तिकारी युवा संगठन र तेञ्जिङ शेर्पाको संयोजकत्वमा १५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा समेत निर्माण गरेको छ । भेला तथा प्रशिक्षणमा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी पर्वत तथा क्रान्तिकारी युवा संगठनका केन्द्रीय सदस्य प्रसंगको समेत उपस्थिति रहेको थियो