एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा एक सुफी मस्जिदमा भएको आत्मघाती हमलामा ७० जनाको मृत्यु भएको छ ।

सो विस्फोटमा अन्य सय भन्दा बढी घाइते भएका छन् । यो विस्फोट १३ औं शताब्दीको सन्त लाल शाहबाज कलन्दर मस्जिदमा भएको हो ।

विस्फोटका समयमा त्यस स्थानमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित थिए । प्रत्यक्षदर्शीले विस्फोटपछि सो स्थानमा भागदौड मच्चिएको जनाएका छन् ।

विस्फोट भएको इलाकामा एउटा मात्रै अस्पताल भएका कारण घाइतेहरुको उपचारमा समस्या उत्पन्न भएको छ । पाकिस्तानमा पछिल्ला केही समयदेखि आतंकवादी हमला भइरहेका छन् ।

यसै साताको सोमबार लाहोरमा पञ्जाब विधानसभा भवननजिकै भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए । तालिवानले सो घटनाको जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार