एजेन्सी । इराकको राजधानी बगदादमा भएको शक्तिशाली कारबम विस्फोटमा ४८ जनाको मृत्यु भएको छ ।

पछिल्ला तीन दिनमा भएको यो तेस्रो विस्फोट हो । सिया मुस्लिमहरुको बाहुल्यता रहेको दक्षिणी सहर बाभामा भएको सो विस्फोटमा कम्तीमा पनि ५० जना घाइते भएका छन् ।

सिया समुदाय भेला भएको सो स्थानमा भएको विस्फोटको जिम्मा इस्लामिक अतिवादी समूह आईएसले लिएको छ । मंगलबार र बुधबार भएका विस्फोटमा कम्तीमा पनि २४ जना मारिएका थिए ।

सन् २०१७ मा बगदादमा भएका यो पहिलो शृंखलाबद्ध आक्रमण हो । बिहीबार भएको शक्तिशाली विस्फोटबाट केही सवारी साधन ध्वस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार