काठमाडौं । अक्टोबर क्रान्ति सय बर्ष पुगेको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)ले बिहिबार देशैभर अक्टोबर क्रान्तिको शतबार्षिकी मनाएको छ । हामीलाई पोखराबाट प्राप्त जानकारी अनुसार पार्टीको तमुवान राज्य समितिले इन्चार्ज श्रीनाथ अधिकारी‘श्याम’को प्रमुख आथित्यतामा पोखराको रंगशाला गेट अगाडि पञ्चकोशी (आर्थर डाँडाखर्क) तमु समाजको हलमा एक वृहद् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘महान अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी’ शीर्षकको अन्तक्र्रिया कार्यक्रममा पोखराका सबै बुद्धिजीवि, नागििरक अगुवा, राजनीतिक पार्टीका नेताहरु, पुराना वामपन्थी नेताहरु र क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको खचाखच उपस्थिति रहेको अन्तक्र्रिया कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा बरिष्ठ अधिवक्ता तिलक पराजुली, बुद्धिजीवि डा.कृष्णराज अधिकारी, गण्डकका बाम आन्दोलनका धरोहर शेषमणि आचार्य, माओवादी केन्द्रका प्रतिनिधि रामराज रेग्मी, सन्तबहादुर घिसिङ, मिलन राई, टेकनाथ भण्डारी, पूर्ण ढुंगाना, ढाकाराम पौडेल, पानबहादुर घर्ती, परशुराम कोइराला, भक्त रसाइली, शुक्रराज सापकोटा, प्राध्यापक यादवराज उपाध्याय, अधिवक्ता पोषराज पौडेल, अधिवक्ता तथा टेकनाथ बराललगायतले मनतव्य राखेका थिए ।
२० जना वक्ताको विचारलाई संश्लेषण गर्दै अन्तक्र्रियाका प्रमुख अतिथी श्यामले अक्टोरबर क्रान्तिको पदचाप र स्पिरिटलाई नेकपा (क्रान्तिकारी माओवादी)ले मात्र पकड्न खोजेको धारणा राखे । नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुले महान अक्टोबर समाजवादी क्रान्तिबाट महत्वपूर्ण पाठ सिक्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज नारायण अधिकारी‘निश्चल’ले गरेका थिए ।
यसैगरी बुटबलबाट प्राप्त समाचार अनुसार अवध राज्यमा पनि अक्टोबर क्रान्तिको शतबार्षिकीको अवसर पारेर राज्यका इन्चार्ज तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
त्यसैगरी प्राप्त समाचार अनुसार भेकको सुर्खेतमा, मगरात, थारुवान, ताम्सालीङ, भोजपुरा, मिथिला, किरात, लिम्बुवान र कोचिलामा पनि पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार विकेन्द्रित रुपमा जिल्ला जिल्लामा शतबार्षिकी मनाइएको छ ।